NadaNada
शनिबार, भदौ ७, २०८२

मनसुन यसै साता भित्रिने

 |  मंगलबार, जेठ ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- यस वर्ष एक-दुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले बताएको छ। सामान्यतया जुन १३ मा नेपालमा मनसुन भित्रिने गर्छ तर जुन १३ (आज) सम्म मनसुन भित्रिएको छैन। 

अहिले मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू-भाग, बंगलादेश र भुटानसम्म आइपुगेको छ। यही साता मनसुन नेपालको पूर्वी भू-भागबाट भित्रिने अपेक्षा छ। नेपालमा जुन १३ देखि अक्टोबर २ सम्मको अवधिलाई मनसुन मानिन्छ।

अहिले नेपालको मध्य तथा पश्चिमी क्षेत्रहरूमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। यस्तै, मध्य तथा पश्चिम तराईका भू-भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको छ।
 

प्रकाशित: Jun 13, 2023| 07:15 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्