बिहीबार, साउन ७, २०८३

नेप्से ७.४३ अंक बढ्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- शेयर बजार बढेको छ । मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ७.४३ अंक बढेको छ । नेप्से बजारमा आएका अधिकांश समूहको परिसूचक बढ्दा समग्र नेप्से बजारको परिसूचक बढेको हो ।

नेप्से परिसूचक ७.४३ अंक बढेर एक हजार २२४.३६ बिन्दुमा पुगेको छ । ‘क’ बर्गको सेन्सेटीभ इन्डेक्स समेत १.५८ अंक बढेर २६०.४३ बिन्दुमा पुगेको छ ।

यस साताको पहिलो दिन र दोस्रो दिन लगातार दोहोरो अंकले घटेको नेप्से मंगलबार भने समान्य अंकले बढेको हो ।


नेप्से बजारमा आएका दश समूहमध्ये बैंकिङ समूहको नेप्से परिसूचक ९.१२ अंक, विकास बैंक समूह परिसूचक १०.२१, फाइनान्स समूहको परिसूचक ०.३९, नन लाईफ इन्स्योरेन्स समूहको परिसूचक २२.९९,  उत्पादनमुलक समूहको परिसूचक १३.०३, अन्य समूहको परिसूचक ५.१३ र लाईफ इन्स्योरेन्स समूहको परिसूचक २३.६७ अंक बढेको छ ।

यसैबीच होटेल, हाइड्रो पावर, माइक्रोफाइनान्स समूहको परिसूचक क्रमशः १२.८२, ५.४ र १ अंक घटेको छ ।

शेयर किनबेच मध्ये सबैभन्दा बढी नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले ९.८९ प्रतिशत कमाएका छन् । त्यसपछि नेपाल हाइड्रो डेप्लोपर्स, मिसन डेभ्लप्मेन्ट बैंक, तारागाँउ रेजेन्सी होटल लगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै सबैभन्दा बढी अपी पावर कम्पनीको लगानीकर्ताले ४.७३ प्रतिशत गुमाएका छन् । त्यसपछि रिडी हाइड्रोपावर डेभ्लप्मेन्ट, हाथवे फाइनान्स कम्पनी लगायतले लगानी गुमाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्