बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘कम्युनिस्ट बन्‍न नमान्दा रामविलासले गोली खानुपर्‍यो’

‘कम्युनिस्ट बन्‍न नमान्दा रामविलासले गोली खानुपर्‍यो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-सर्लाहीको रामनगरमा भएको गोली काण्डसँग राजनीतिक प्रतिशोध मुख्य कारण भएको खुलासा भएको छ। रामनगरको ४ वडाका वडाध्यक्ष रामनरेस महतोलगायतलाई नेकपाको स्थानीय नेतृत्वले कांग्रेस छाड्न दिएको दबाब अस्वीकार गर्दा झगडा चर्किदै जाँदा मंगलबार यस्तो अप्रिय घटना हुन गएको कांग्रेसका सांसदहरुले दाबी छ। 

कांग्रेस सर्लाहीको क्षेत्र नं. ४ अन्र्तरगका कार्यकर्ताहरुले पार्टी परित्याग गर्न नमान्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको आक्रमणको शिकार भएका छन्। झडपमा गोली लागेर वडा अध्यक्षका काका रामबिलास यादवको ज्यान गएको छ। सर्लाहीबाट निर्वाचित कांग्रेस सांसद डा. अमरेसकुमार सिंहले भने ‘कम्युनिष्ट बन्न नमान्दा रामविलासले गोली खानु परेको हो। यसमा अरु कुनै कारण नै छैन।’

यस क्षेत्रका धेरैजसो स्थानीय तहमा कांग्रेसले जितेको छ। यहाँको संघीय र प्रदेश सभा तथा रामगनर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा अधिकांस वडामा कांग्रेसले जितेको छ। 

कांग्रेसको वर्चस्व रहेको यो क्षेत्रबाट आफ्नो पकड जमाउन सत्तारुढ नेकपाका नेताहरुले कांग्रेस कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गर्न आग्रह गरेका थिए। मुलुकको राष्ट्रिय राजनीतिलाई बेला बेलामा तरंगित गर्ने पात्रको रुपमा चिनिएका सांसद डा.अमरेसकुमार सिंहको संरक्षणबाट स्थानीय कांग्रेस कार्यकर्ता विचलित भएनन्। 

सर्लाही क्षेत्र नं ४ को प्रदेश क्षेत्र एकमा बीरेन्द्रप्रसाद सिंह र ४ को २ मा उपेन्द्रप्रसाद कुसवाह तथा रामनगर गाउँपालिकाको अध्यक्षमा कृष्णप्रसाद बर्मा र उपाध्यक्षमा जीतुदेवी यादव निर्वाचित सबै कांग्रेसका नेता हुन्। कांग्रेसको वर्चश्व तोड्न सत्तारुढ दलका स्थानीय नेताले वडा अध्यक्ष रामनरेस महतोसहितका कार्यकर्तालाई आग्रह, आश्वासन दिँदै आएका थिए। 

सत्तारुढ दलका नेताको आग्रह, आवश्वासन र प्रलोभनबाट विचलित नभएपछि वडा अध्यक्ष महतोलाई दबाब दिन र तर्साउन सोमबार आक्रमण नै गरिएको कांग्रेसका प्रदेश सांसद बिरेन्द्रकुमार सिंह बताउँछन्। वडा अध्यक्ष मार्फत कांग्रेस छोड्न लगाउने प्रयास सफल हुन नसकेपछि उनीहरुले सोमबार वार्ड अध्यक्षको खुट्टा नै भाँचेका थिए। मंगलबार बिहान भने प्राण नै लिएको प्रतिनिधिसभा सांसद वीरेन्द्रकुमार सिंह बताउँछन्।

‘यो घटना राज्य संरक्षित छ। होइन भने, सोमबार वडा अध्यक्षसहित सात जनालाई घाईते बनाउनेहरुलाई प्रहरीले किन पक्राउ गरेन?’ सांसद डा. सिंहले भने, ‘प्रहरीले वडा अध्यक्ष घाइते भइ अस्पतालमा भर्ना भएको अवस्थामा मंगलबार बिहान फेरि हतियारसहित आक्रमण गर्दा पनि रोक्ने प्रयास नगरेको देखिन्छ।’

नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीले सोमबार वडाध्यक्षमाथि भएको आक्रमणस्थल र वडा अध्यक्षको घरमा मंगलबार भएको घटनास्थल फरक भएको दावी गरे। उनले सोमबार भएको घटनास्थलमा प्रहरी परिचालन गरिएको भनिए पनि सो स्थान आक्रमणकारीहरु लुगेर बसेको स्थान थियो। तर मंगलबार वडा अध्यक्षको निवासमा गोली चल्दासमेत प्रहरीले नियन्त्रणमा लिन सकेन्।

‘हिँजो वडा अध्यक्ष रामनरेस महतोलाई आक्रमण गर्ने र आज हामीलाई आक्रमण गर्नेहरु सबै नेकपामा नेताहरु थिए’, प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंहले नेपाल समयसँग भने। गोली हानी हत्या गरिएका ५० वर्षीय रामविलास महतो रामनगर गाउँपालिका ४ का वडा अध्यक्ष रामनरेस महतोका काका हुन्। 

रामबिलास महतोको मुख र पेटमा गोली लागि घटनास्थलमै ज्यान गएको र मंगलबार दिउँसो २ बजेसम्म शबको मुचुल्का समेत नगरिएको सांसद सिंहले वताए। 

वडाअध्यक्ष महतोलाई सोमबार स्थानीय श्रीनारायण राय र धरमेन्द्र साहले आक्रमण गरेका थिए भने मंगलबार वडा अध्यक्ष महतोको निवासमा आक्रमण गर्नेहरु अरु नै रहेको जनाए। आक्रमण गरी महादेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेशप्रसाद महतोलाई गोली हाने पनि गोलीको छर्रा लागि घाइते भएका थिए।

घाइते लिन गएको एम्बुलेन्समाथि समेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाई उपचारमा लैजान पाँच घण्टासम्म अवरोध भएको सांसद सिंहले जनाए। घाइते मुकेशप्रसाद कुसवाहले मंगलबार बिहान स्थानीय सूर्यनारायण यादव, सुवनारायण यादव, धर्वेन्द्र साह र नरेन्द्र यादवले हतियार (बन्दुक) चलाएको बताए।

नेपाल समयसँग कुरा गर्दै घाईते कुसवाहले भने, ‘मसहित आफन्तहरु वडाअध्यक्ष रामनरेस महतोको घरमा बसिरहेको बेला उनीहरुले घरको गेट जवर्जस्ती खोले र हतियार निकाले। हामीलाई ताकेर गोली हाने।’

घाइते कुसवाहले चार जनासँग हतियार भए पनि अन्य २० जना जतिले लाठी, भाटा र ढुंगाले घरमा तोडफोड गरेको बताए। प्रहरीले सोमबार र मंगलबारको दुवै घटनामा कसैलाई पनि प्रक्राउ गर्न नसकेको सांसद डा सिंहले बताए। 

घटनास्थलमा स्थानीय प्रहरी आए पनि दिउँसो तीन बजेसम्म प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयबाट कुनै पनि प्रहरी अधिकृत आएका थिएनन्। नेकपा सर्लाहीका नेता रेवती पन्तले रामनगर घटनाको विषयमा पार्टीले घटनास्थलमा जिम्मेवार कार्यकर्तालाई पठाएर बुझ्ने काम भइरहेको बताए। उनले घटनाको सबै सूचना पाए पछि मात्र पार्टीले थप प्रतिक्रिया दिने जनाए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।