बिहीबार, साउन ७, २०८३

नापी कार्यालय सर्वेक्षक दुर्इ लाख घुससहित पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 जनकपुरधाम- नापी कार्यालयका एक कर्मचारी दुई लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। नापी कार्यालयका सर्वेक्षक देवनारायण चौधरी दुई लाख घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले चौधरीलाई घुस लिइसकेको अवस्थामा कार्यालयबाट  पक्राउ गरेको हो। चौधरीले नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने बहानामा सेवाग्रहीसँ दुई लाख घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली नापी कार्यालय लहान पुगेको थियो।

चौधरीलाई सेवाग्रहीबाट दुई लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारको बर्दिवास कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिवास कार्यालयका तरुणकुमार कर्णले जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।