बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘६ महिनाभित्र गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने’

‘६ महिनाभित्र गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा-पर्यटक, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले अबको ६ महिनाभित्र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने बताएका छन् । विमानस्थलको ‘रनवेको पेचिङ’ उद्घाटन गर्न पुगेका मन्त्री अधिकारीले विमानस्थलको सम्पूर्ण काम ६ महिना अघि नै सम्पन्न हुने बताए ।

पछिल्लो चरणमा भईरहेको काम सन्तोषजनक भएको भन्दै उनले यो विमानस्थलबाट विश्वभरका मानिस नेपाल आउने र विश्वमा नेपाललाई चिनाउन सहज हुने बताए ।

विमानस्थल निरीक्षणमासंगै गएका प्रदेश नम्बर ५ का सांसद सन्तोष पाण्डेले विमानस्थल निर्माण पुरा हुने क्रममा हुदाँ स्थानीयबासीकै रुपमा आफूलाई धेरै खुसी लागेको बताए ।

सन् २०१९ को जुन २८ सम्म निर्माण सम्पन्न गरी गौतमबुद्ध विमानस्थल भैरहवामा उडान भर्ने तयारीका साथ निर्माण भईरहेको आयोजनको निमित्त प्रमुख प्रवेश अधिकारीले जनाए ।  

कन्सलट्यान्टको जिम्मा पाएको युसीन कोरियन कन्सलट्यान्ट र आयोजना क्यानले संयुक्त रुपमा मूल्यांकन गर्दा अहिलेको कार्यप्रगति ५५ प्रतिशत देखिएको अधिकारीले बताए ।

निर्माणको मुख्य ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले चिनियाँ कामदार मार्फत काम गरिरहेको छ । मंगलबारबाट शुरु भएको पेचिंगको काम पनि चार महिनाभित्र सकिने आयोजनाले जनाएको छ । 


के के भयो विमानस्थल निर्माणमा 

विमानस्थलजमा धावनमार्गको वेस कोर्षको काम सम्पन्न भएको छ । टर्मिनल विल्डींगको अराईभल पार्ट अन्तिम तल्लाको ढलाई सम्पन्न भएर फिनिसिंग हुदैंछ । 

डिपार्टर पार्टको अन्तिम तल्लाको ढलाई सम्पन्न भएको छ ।  प्रशासकीय भवन सकिएको छ । कन्ट्रोल टावरको ८ तल्लामध्ये ६ तल्ला सम्म काम सकिएको छ । पार्किङस्थलको काम सम्पन्न भएको छ । नाला, ट्याक्सी वे का काम भईरहेका छन् । लिंक वेको काम भईरहेको छ । 

आयोजनाका अनुसार बाँकी ५५ प्रतिशत काम मध्ये २५ प्रतिशत विद्युतीय र २० प्रतिशत अन्य सिभिल काम हुन् । कुल ६ अर्ब २२ करोड ५१ लख ३० हजार २ सय २७ रुपैयाँ ९१ पैसा लागतमा निमाण सम्पन्न गरी चिनियाँ सरकारी कम्पनी नर्थ वेस्टले ठेक्का पाएको हो । अहिलेसम्म ठेकेदार पक्षले ३५ प्रतिशत रकम लगिसकको छ । 

०२३ सालदेखि नियमीत उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा प्रयाप्त जग्गा छ । ०६१ साल अघिसम्म ८४ बिगाह ३ कठ्ठा रहेकोमा ०६३ सालमा २ सय १३ बिगाह ४ कठ्ठाथप भएको छ । हाल थप पाँच सय विगाहको मुआब्जा वितरण भईरहेको छ । भैरहवामा बन्ने विमानस्थल १० हजार रोपनीमा बन्ने भएको हो । नयां थपिएको जग्गामा राडर, सुरक्षा, ह्यांगर, कार्गो, आयल निगमको डिपो, अध्यागमन, मर्मतसम्भार क्षेत्र, क्याटरिंग, अर्को पार्किंग स्थल र अझै एउटा टर्मिनल बिल्डिंग बन्नेछ । 



यो क्षेत्रफलले आगमी ५० वर्षसम्म अन्तराष्ट्रिय स्तरको उडान भर्ने क्षमता राख्ने विमानस्थल आयोजनाको दाबी छ । दैनिक ८/९ वटा नियमित उडान भरिरहेको गौतमबुद्ध विमानस्थलमा अहिले सम्म सबैभन्दा ठूलो फोकर हन्ड्रेड १ सय ५ सिटे कस्मीक एअरको जहाजले उडान भरेको देखिन्छ । 

निर्माणको ठेक्का पाएको नर्थ वेस्ट सिभिल एभिएशन एअरपोर्ट कन्सट्रक्शन ग्रुपले ठेक्का लिई  सब कन्ट्रयाक्टरको रुपमा नेपाली ठेकेदार कम्पनि नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिलाई २०७२ साउनदेखि आन्तरिक सम्झौता गरी सम्पुर्ण निर्माण कामको ठेक्का दिएको थियो । तर उनीहरुबीच लेनदेनको विवाद हुदाँ धेरै समय कामसमेत रोकियो, जसका कारण काममा ढिलाई पनि भयो । नेपाल सरकारले समेत यस विषयमा धेरै चासो दिएपछि अहिले चिनियाँ कम्पनिले चीनदेखि नै मजदुर लिएर धमाधम काम गराईरहेको छ । 

गौतबुद्ध विमानस्थल अन्तराष्ट्रियस्तरको बन्ने कार्य शुरु हुनुमा मुख्यतयाः बुद्ध जन्मस्थल लुम्बिनी भएको देखिन्छ । एडिबीको दक्षिण एशियाली पर्यटन पुर्वाधार विकास आयोजनाले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई मध्यनजर गरी भैरहवा विमानस्थलमा लगानी गर्ने आट गरेको हो । 

विमानस्थललाई अन्तराष्ट्रियस्तरको बनाउने कार्यमा एडिबीले ४० दशमलब ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट (ओएफआइडी) ३० दशमलब ५ प्रतिशत, एडिबीको अनुदान १८ प्रतिशत र नेपाल सरकारको ११ प्रतिशत तथा करसमेत गरी लागत बेहोर्ने गरी निर्माण कार्य सुरु भएको हो । 



नेपाल भारत सीमा नजिक भएकोले गोरखपुर लखनऊसम्मका भारतीयहरुले पनि गौतमबुद्ध विमानस्थलाई प्रयोग गर्ने अपेक्षा गरिएको छ । यसरी हेर्दा गौतमबुद्ध विमानस्थलका प्रयोगकर्ता भारतीय र नेपालीगरी कम्तिमा ३३ करोड स्थानीय मात्रै हुने देखिन्छ ।

अन्तर्राष्ट्रिय नागरीक उड्यन प्राधिकरण आईकाउको कोडफोरईका अनुसार ३ हजार मिटर धावनमार्ग भएको बिमानस्थलमा बोईंग ७७७ सम्मका जहाजहरु अर्थात चौडाई ५२ मिटर देखि ६४.९९ मिटर सम्म रहेका जहाजहरुले उडान र अबतरण गर्न सक्छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।