एजेन्सी- पोर्चुगल तथा युभेन्टसका डिफेन्डर जोआओ क्यान्सेलोले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डो जित्नकै लागि जन्मेको बताएका छन् । आइतबार राति एल क्लासिकोमा बार्सिलोनासँग रोनाल्डोको पुर्ण क्लब रियल मड्रिड ५-१ ले पराजित भए पछि जोआओले यस्तो बताएका हुन् ।
कप्तान लियोनल मेस्सी बिना नै मैदानमा उत्रेको बार्सिलोनाले रियललाई फराकिलो अन्तरले पराजित गरेको थियो । पराजित भएपछि जोआओले रियल रोनाल्डोको अनुपस्थीतीले पराजित भएको बताएका छन् ।
यसै सिजनको सुरुवातमा युभेन्टस पुगेका रोनाल्डोले इटालीयन लिग सिरी-ए मा निकै नै प्रभाव छोडी रहेका छन् । ‘हरेक दिन म रोनाल्डोसँगै प्रशिक्षण लिने गर्द छु र अहिले सम्म उनले पाँच पटक बालोन डी’ओर जितेका छन् ।’
डिफेन्डर जोआओले भने, ‘यदि रोनाल्डो यस बर्ष जित्दैनन् भने त्यो अविस्वासनिय हुनेछ । रोनाल्डो ती सबै खेलाडी मध्यमा सबैभन्दा उत्कृष्ट छन् । उनी कुनै पनि खेलाडीसँगको तुलना भन्दा अधिक माथी छन् ।’
उनले थपे, ‘रोनाल्डोले गत सिजन च्याम्पियन्स लिगमा १५ गोल गर्दै एक पुर्ण नायकको रुपमा जिते । उनी जुन टिमका लागि खेल्छन् त्यो टिम लिगकै सबै भन्दा उत्कृष्ट टिम बन्छ । जब उनी युभेन्टस पुगे । उनले क्लबको स्तर मात्र हैन, क्लबका अन्य सहकर्मीहरुको स्तर समेत बढाएका छन् ।’
‘उनी एक खेल दौरान के गर्न सक्छन् सबैलाई थाहा छ । उनी प्रशिक्षण आफ्नो लक्ष्य प्राप्त गर्न कडा मेहनत गर्द छन् । उनी कहिले पनि हार्न चाहदैनन् । किनकी उनी दुनियाका सबै भन्दा राम्रा खेलाडी हुन् ।’
जोआओले भने, ‘युभेन्टस सधै एक महान क्लब रहेको छ । तर, अब च्याम्पियन्स लिगमा अन्य प्रतिद्वन्द्वीको नजर झनै कडा भएको छ । त्यस्तैले रोनाल्डोको जन्म जित्न र आफ्नो सहकर्मीलाई सहयोग गर्नका लागि भएको हो ।’
उनले म्यान चेस्टर युनाईटेडमा रहदा तीन पटक प्रिमियर लिग, एक पटक एफए कप, दुई पटक फुटबल लिग कप, एक पटक एफए कमुनिटी सिल्ड, एक पटक युइएफए च्याम्पियन्स लिग र एक पटक फिफा क्लब विश्वकप जितेका थिए ।
त्यस्तै नौं बर्ष रियल मड्रिडमा बिताउँदा उनले दुई पटक ला लिगा, दुई पटक कोपा डेल रे, दुई पटक सुपरकोपा डे स्पानिया, चार पटक युइएफए च्याम्पियन्स लिग, दुई पटक युईएफए सुपर कप र तीन पटक फिफा क्लब विश्वकपको उपाधि जिति सकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४