बिहीबार, साउन ७, २०८३

‘नेपाली तेन्जिङ’ नाम बेचेर भारतले कमाउँछ करोडौं

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
दार्जीलिङ- नेपालमा जन्मेर पछि भारतीय नागरिक बनेका प्रथम सगमाथा आरोही तेन्जिङ नोर्गेको नाममा भारतले वार्षिक ३ करोड भन्दा कमाउने गरेको छ।

नेपालको सिमावर्ती भारतीय राज्य पश्चिम बंगालको सहर दार्जिलिङमा रहेको नोर्गेको मूर्ति र समाधिस्थल सहितको संग्रहालयबाट भारतले तीन करोडभन्दा बढी आम्दानी गर्ने गरेको छ। दार्जिलिङको मुख्य बजारबाट पाँच मिनेटको सवारी यात्रमा पुगिने हिमालय पर्वतारोहण संस्थानले बनाएको संग्रहालय अवलोकन गर्नेहरुको दिनहुँ भीड लाग्छ।

यसको पुष्टि संग्रहालयको सूचना पाटीबाटै हुन्छ । दार्जिलिङको हिमालयन जुलोजिकल पार्क परिसरमा हरेक वर्ष कम्तीमा पाँच लाख पर्यटकहरु आउने उल्लेख छ। एक आगन्तुक बराबर ६० भारतीय रुपैयाँ प्रवेश शुल्क लाग्छ यो संग्रहालयमा जानका लागि। यसरी ६० रुपैयाँका दरले ५ लाखले प्रवेश गर्दा सिधै तीन करोड कारोबार भएको देखिन्छ। पाँच लाख आगन्तुकहरुमा धेरै नेपालबाट पनि आउने संग्रहालयका कर्मचारीहरु बताउँछन्।

टिकट लिँदा कुन देशको नछुट्निे भए पनि कुराकानी र लबजका आधारमा धेरै नेपालबाट आगन्तुकहरु आउने संग्रहालयका नेपालीभाषी भारतीय कर्मचारी बताउँछन्। हिमाल आरोहण गर्दा प्रयोगमा भएका आवश्यक सामग्री, उपकरण र अन्य सफल आरोहीका बारेमा जानकारी दिइने संग्रहालयमा मुख्य आकर्षणमा छन्  तेन्जिङ नोर्गे शेर्पा । 

संग्रहालयको अगाडि सगरमाथा आरोहणको झल्को दिने गरी तेन्जिङको एउटा प्रतिमा बनाइएको छ । प्रतिमाको ठीक अगाडि उनको समाधिस्थल बनाइएको छ। जहाँ हरेक दिन आगन्तुकहरु तस्बिर लिन र अध्ययन गर्न आउँछन्।

शनिबार पनि संग्रहलय परिसरमा थुप्रै आगन्तुकहरु आएर तस्बिर लिँदै गरेका भेटिए। तस्बिर लिनेमा थिए नेपालबाट घुम्न आएका युवा पर्शुराम बाह्रकोटी। तस्बिर लिनुको आनन्दसँगै मनको तीतो पनि पोखिहाले बाह्रकोटीले।उनले नेपाल समयसँग भने, ‘नेपालको हिमाल चढेर किर्तिमान बनाएका र नेपालमा जन्मेका तेन्जिङ बुझ्न भारत आउनुपर्यो । यो भन्दा दुःखद अरु के हुन्छरु’

नेपालले वास्ता गरेन, भारतले बनायो नागरिक 

न्युजील्याण्डका साहसिक आरोही एडमन्ड हिलारीसँगै सगरमाथा चढेका हुन् नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा जन्मेका तेन्जिङ नोर्गे शेर्पा । १९१४ को २९ मे मा जन्मेका शेर्पाले १९५३ को २९ मे मै सगरमाथाको सफल आरोहण गरेका थिए । 

सगरमाथा आरोहणपछि तेन्जिङ भन्दा चर्चा पाए एडमन्ड हिलारीले । उनलाई नेपालसँगै विश्वले ठूलो सम्मान दियो । छायामा परेजस्तै भएका तेन्जिङलाई भारतले ‘रेड कार्पेट’ ओच्छ्यायो । भारतमा धेरै वशन्त बिताएका शेर्पालाई भारतले नागरिक समेत बनायो । 

 त्यति मात्रै हैन, तेन्जिङले सगरमाथा चढेको डेढ वर्षपछि हिमालयन पर्वतारोहण संस्थान समेत बनायो भारतले। ४ नोभेम्बर, १९५४ मा खुलेको यो पर्वतारोहण संस्थाको उद्घाटन भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले गरेका थिए। नेहरु आफै आएर उद्घाटन गरेका थिए हिमालयन पर्वतारोहण संस्थाको। संस्थाको आधिकारी वेबसाइटका अनुसार संस्थाका प्रथम प्रशिक्षकको रुपमा नियुक्ति गरिए तेन्जिङ नोर्गे शेर्पा ।

हिमाल आरोहण, रक क्लाम्बि आदिका शिप दिने उक्त संस्थाले स्थापनाको ४ बर्षपछि सन १९५८ मा संग्रहालय नै बन्यो । संग्रहालयमा तेन्जिङका सगरमाथा आरोहणका सामग्री, तस्बिर देखि अनेक सूचनाहरु राखियो । र, यो पर्वतारोहणका विद्यार्थी देखि अनुसन्धानकर्ताहरु सबैको आकर्षण बन्यो ।

९ मे, १९८६ मा ७१ वर्षको उमेरमा मृत्यु भएका शेर्पाको  समाधिस्थल भारतमै बन्यो। र, अझैपनि दैनिक सयौँ आगन्तुकहरु यो संग्रहालयमा रहेको समाधिस्थल हेर्न आउँछन्। । 
  

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।