बिहीबार, कात्तिक २७, २०८२

विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल

चालू आव २०७९/८० को ९ महिनामा मात्रै नेपालमा ४५ भन्दा बढी विदेशी चलचित्र छायांकन भएको चलचित्र विकास बोर्डको तथ्यांक।
 |  शनिबार, जेठ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

काठमाडौं– केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृंखलाको छायांकन हुने क्रम बढिरहेको छ। अंग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायांकनस्थल बनाए पनि भारतीय चलचित्रको संख्या बढेको धेरै भएको छैन।

National life

२०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायांकन गरेको थियो। भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो।

त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृंखलासमेत आउन थालेका छन्। केही समय अगाडि मात्र काठमाडौंमा भारतीय चलचित्र ‘मिराई’ को छायांकन भयो। सोही समय भारतीय निर्देशक अनुभव सिन्हाले समेत १० दिन १ शृंखला काठमाडौँदेखि पोखरासम्म छायांकन गरे। 

नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन संयोजक अरुण रेग्मीले बताए। ‘विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकले समेत सिक्न पाए। उनीहरूको काम गर्ने शैली परिपक्व छ। ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ’, संयोजक रेग्मीले भने। 

उनीसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको शृंखलासँगै फर्जी, उचाइलाई नेपालमा छायांकन व्यवस्थापनको काम गरिसकेको छ। चलचित्र छायांकनका क्रममा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सनले मिलाउने गर्छन्।

Laxmi sunrise bank
kumari

शुक्रबार मात्र बलिउड अभिनेता सनी देओलको अभिनय रहने चलचित्रको छायांकनका लागि स्थल छनोट गर्न आएको टोलीले मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्र घुमघाम गरेर फर्किएको छ। व्यवस्थापक आचार्यका अनुसार उक्त चलचित्रको छायांकन आउँदो नोभेम्बर महिनामा गर्ने तयारी भइरहेको छ। ‘मुस्ताङमा छायांकन गर्ने तय भएको छ। यहाँ २० दिन छायांकन गर्ने उनीहरुको योजना छ। यसले नेपालको पर्यटन प्रवद्र्धनसँगै प्राविधिकलाई समेत टेवा पुग्छ’, उनले भने। 

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनको गन्तव्य स्थल बनाउने उल्लेख गरेसँगै विदेशी चलचित्रकर्मीले सहजता महसुस गरे आउँदो समय राम्रो देखिएको अर्का व्यवस्थापक शंकर पाण्डेले बताए। ‘विशेषतः छायांकनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए संख्या बढ्नेछ’, पाण्डेले भने। 

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९÷८० को ९ महिनामा मात्रै नेपालमा ४५ भन्दा बढी विदेशी चलचित्र छायांकन भएका छन्। पछिल्लो ६ वर्षको तथ्यांक हेर्दा २४३ हाराहारीमा चलचित्र, वेभ शृंखला र वृत्तचित्र छायांकन गरिएका छन्। उल्लिखित संख्या वृद्धि गर्न सरकारको तर्फबाट सहजता र कार्यविधि सहज बनाइनु आवश्यक रहेको चलचित्रकर्मी बताउँछन्।

प्रकाशित: Jun 10, 2023| 12:25 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्