बुधबार, असोज २८, २०८३

गोदावरीमा चार दिने पुष्प मेला हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ललितपुरको जावलाखेल मैदानमा चार दिने १२ औँ गोदावरी पुष्प मेला हुने भएको छ।
 
कात्तिक १५ देखि १८ गतेसम्म आयोजना हुने सो प्रदर्शनी पुष्प व्यवसाय प्रबर्द्धन गर्ने र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउने रहेको छ। ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने अभियानसाथ हुने प्रदर्शनीमा व्यावसायिक ४४, सूचनामूलक तीन र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी ९ सहित ५६ कक्ष रहने फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) ले बताएको छ। 

नजीक आइरहेको तिहार तथा छठलाई लक्ष्य गरी आयोजना हुन लागेको सो प्रतिस्पर्धात्मक प्रदर्शनीमा ४५ प्रजातिका फूल तथा विरुवाको प्रदर्शनीसहित बिक्री वितरण गरिने फ्यानका अध्यक्ष कुमार कसजुले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रदेश सरकार प्रदेश नं. ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा हुने उक्त मेलाअन्र्तगतको प्रतिस्पर्धामा गोदावरी पूmलका विभिन्न प्रकारमध्ये मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिने छ। मेलामा ६० लाखको कारोबार हुने अनुमान गरिएको छ। नेपाल पूmलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले रु ११ करोडको पूmल आयात गरेको थियो। तिहारमा झण्डै तीन लाख माला भारतबाट आयात भएको थियो। 

नेपालमा फूलखेती व्यावसायिक ढंगले शुरुवात भएको २५ वर्ष पुगिसकेको छ। विसं २०११ देखि नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७४-०७५ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ। 

नेपालमा करीब ७०० व्यक्ति र संस्थाले पूmल व्यवसाय गरेका छन् । करीब दुई हजार ९६० रोपनीमा लगाइएको फूल खेतीबाट ४२ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्