काठमाडौं- माघमा मिहालयन हाइड्रो एक्स्पो–२०१९ हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा उक्त एक्सो गर्ने भएको हो ।
अयोजककाअनुसार एक्स्पो माघ ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा हुने भएको छ ।
एक्स्पोले थप ऊर्जा उत्पादन, लोडसेडिङको न्यूनिकरण तथा सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत निर्माणको बाटो अघि बढाउन सहयोग हुने बताइएको छ । त्यस्तै एक्स्पोले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने र ऊर्जा क्षेत्रमा लागेका सबै सरोकारवालाहरुलाई एक ठाउँमा भेला गर्ने आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताए ।
उनकाअनुसार एक्सपो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरुलाई हेलिकाेप्टरमार्फत हाइड्रोपावर कम्पनीको समेत भ्रमण गराउने ब्यावस्था गरिएको छ ।
आयोजककाअनुसार एक्स्पोमा सयभन्दा बढी स्टल रहने छ । जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विभिन्न स्टलहरु राखिनेछ । ती स्टलहरुमध्ये करिब आधा विदेशी स्टल रहने जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४