बुधबार, असोज २८, २०८३

फेरि नेप्से दोहोरो अंकले गिरावट, सबै समूह रातम्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- शेयर बजार फेरि दोहोरो अंकले ओरालो लागेको छ । शेयर बजारमा आएका सबै समूहहरुको परिसूचक रातम्य हुदा नेप्से दोहोरो अंकले गिरावट भएको हो ।

सोमबार नेप्से परिसूचक १०.५६ अंकले घटेर एक हजार २१६.९३ बिन्दुमा पुगेको छ । साथै ‘क’ बर्गको कारोवार मापक गर्ने सेन्सेटीभ इन्डेक्स समेत २.११ अंकले घटेर २५८.८५ बिन्दुमा पुगेको छ । 

नेप्से परिसूचकमा आएको गिरावट जस्तै कारोवार रकम समेत घटेको छ ।
 
सोमबार कूल १६० कम्पनीको चार हजार ५३२ कारोबारबाट नौ लाख ८७ हजार ३२१ कित्ता शेयर खरिद बिक्रीबाट २४ करोड ९१ लाख ९६ हजार २७० रुपैयाँ बराबरको कारोबार भएको छ । 

साताको पहिलो दिन आइतबार पनि नेप्से १३.६२ अंक घटेर एक हजार २२७.४९ बिन्दुमा पुगेको छ । जसमा कारोबार ३२ करोड ६४ लाख ८३ हजार ६७३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार बैंकिङ समूहको परिसूचक ९.२५, होटल समूहको परिसूचक ४८.७६, विकास बैंक समूहको परिसूचक १२.१६, जलविद्युत समूहको परिसूचक १४.४४, फाइनान्स समूहको परिसूचक ३.०१ अंक घटेको छ । 

त्यस्तै नन लाईफ इन्स्योरेन्स समूहको परिसूचक ७५. ६७,  उत्पादनमुलक समूहको परिसूचक ११.०८, अन्य समूहको परिसूचक ७.२६, माइक्रोफाइनान्स समूहको परिसूचक ९.४ र लाईफ इन्स्योरेन्स समूहको परिसूचक ११.९७ अंक घटेको छ । 

जसमा रिडी हाइड्रो पावर कम्पनी, खानीखोला हाइड्रो पावर कम्पनी र साना किसान बैंकको लगानीकर्ताले कमाएका छन् भने रैराङ हाइड्रो पावर कम्पनी, पोखरा फाइनान्स लिमिटेड र एनआइबिएल प्रगति फण्ड र युनाइटेड मोदी हाइड्रो पावरका लगानीकर्ताले लगानी गुमाएका छन् ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्