बिहीबार, साउन ७, २०८३

 हाइप्रोफाइल हत्याका तीन जना योजनाकार पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडौं- राजधानीमा हाइप्रोफाइल हत्याको योजना बनाइरहेका समिरमान बस्नेत समूहका तीन जना सार्प सुटर पक्राउ परेका छन्। 

 महानगरीय अपराध महाशाखाले हाइप्रोफाइल हत्याको तयारी गरिरहेका तीन जनालार्इ झापाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा लोप्साङ लामा, अमर रानामगर र रोशन बुढाथोकी छन्। 

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, निर्माण व्यवसायी संघका तत्कालिन अध्यक्ष शरद गौचनको गोली हानी हत्या र गुन्डा नाइके दिनेश अधिरी 'चरी' र दावा लामामाथि गोली प्रहार गर्ने तीन जनालार्इ सोमबार झापाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। 

नख्‍खुमा रहेका समिरमान बस्‍नेतले यी तीनै जनालार्इ प्रयोग गरी काठमाडौंमा हाइप्रोफाइल हत्याको योजना बनाइरहेको सूचनाका आधारमा समीरमानलार्इ मुस्ताङ कारागार पुर्‍याइएको थियो भने तीनै जनामाथि सुक्ष्म निगरानी गरिरहेको थियो। 

शक्तिकेन्द्रको नजिक रहेका समिरमानलार्इ भने मुस्ताङ पुर्‍याइएपनि फेरि काठमाडौंमा ल्याइएको छ। 

यो पनि पढ्‍नुस्, समिरमानको हाईप्रोफाइल हत्या योजनाले झस्कायो प्रहरीलाई
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।