NadaNada
आइतबार, भदौ ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले भारतसँग 'अखण्ड भारत'को मुरलबारे कुरा भएको भन्दै संसद्‌मै झुट बोले

प्रधानमन्त्री प्रचण्डले भारतसँग 'अखण्ड भारत'को मुरलबारे कुरा भएको भन्दै संसद्‌मै झुट बोले

 |  बुधबार, जेठ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आफ्नो नयाँ ससंद् भवनमा राखिएको मुरलबारे भारतीय पक्षसँग कुरा भएको भन्दै संसद्‌लाई नै ढाँटेका छन्। प्रधानमन्त्री प्रचण्डले बुधबार संघीय संसद्को राष्ट्रिय सभालाई सम्बोधन गर्ने क्रममा आफ्नो भारत भ्रमणका क्रममा भारतीय संसद्‌मा नेपालको भूभाग समेटिएको नक्सा राखेको समाचार आएपछि भारतीय पक्षसँग कुरा राखेको बताएका हुन्। 
उनले भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भन्दै जवाफ पनि राष्ट्रिय सभामा बताए। उनले बुधबार राष्ट्रिय सभामा भने, 'पहिलो कुरा संसद्को नक्साबारे कुरा भयो। मैले गम्भीर रुपमा नै उठाए किनकि त्यो धेरै अध्ययन भइसकेको त थिएन। तर पनि जसरी मिडियामा आएको थियो, त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ। यो के हो नयाँ संसद् भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरूले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिए। यो कुनै राजनीतिक नक्सा होइन। यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो। यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरूको जवाफ थियो। त्यसकारण कुरा उठाएन केही पनि भएन भन्ने कुरा साँचो होइन।' 
तर, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दिम बाग्चीले भने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भारतको संसद्‌मा राखिएको मुरलबारे कुनै कुरा नभएको बताएका छन्। उनले भनेका छन्, 'नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा नयाँ संसद्‌मा राखिएको मुरलबारे कुनै कुरा उठाउनु भएन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस विषयमा कुनै कुरा गर्नुभएन।'
त्यसैगरी परराष्ट्रमन्त्री एनपी साउदले पनि भारतीय सञ्‍चारमाध्यम आजतकसँग कुराकानीमा पनि यस मुरलबारे आफूलाई जानकारी नभएको र यो विषयमा विरोध गर्न नेपाललाई जरुरी पनि नभएको बताएका थिए। प्रधानमन्त्री नेतृत्वको टोली नेपाल फर्किएपछि यसको चर्को विरोध भएको थियो।

'अखण्ड भारत'को मुरलबारे बंगलादेश र पाकिस्तानले मागे स्पष्टीकरण, नेपाल भने भारतकै बचाउमा

यही क्रममा परराष्ट्रमन्त्री साउदले सोमबार कान्तिपुर टेलिभिजनको फायर साइडसँगको कुराकानीका क्रममा पनि यसबारे नेपालसँग यथेष्ठ प्रमाण भइ नसकेको र आधिकारिक जानकारी नआएका कारण एजेण्डामा नपरेको बताएका छन्। 
उनले भने, 'भारतको नयाँ संसद्‌ भवनमा राखिएको मुरलको बारेमा विभिन्‍न सञ्‍चारमाध्यम र विशेष गरी सामाजिक सञ्‍चारमाध्यममा आए पनि यथेष्ठ आधारहरु भएपछि मात्रै कुरा गर्दा राम्रो हुन्छ। हाम्रो राजदूतावासले हामीलाई भनेपछि जानकारीमा आउने कुरा हो। त्यो बेला (भारत भ्रमणका क्रममा) यसबारे जानकारी भइसकेको थिएन। यसमा अफगानिस्तानदेखि श्रीलंकासम्म र वर्मा, भुटानदेखि बंगलादेशसम्म सीमाकंन नगरी ब्लकमा राखेको कुरालाई प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणमा एजेण्डा छ भन्दा पनि के असर गर्छ, कसो असर गर्छ भन्‍ने कुरालाई ध्यानमा राख्‍नुपर्ने हुन्छ। यसको बारेमा पनि नेपालको भूमि कहीँ राखिएको छ भने नेपाल सरकार सजग छ र वार्तामार्फत कुरा गर्न सकिन्छ। त्यस समय भारत सरकार पनि बोलेको थिएन। अहिले अशोकको नक्सा हो र राजनीतिक उद्देश्य होइन भनेको छ।' 
यसरी भारत र नेपालको परराष्ट्र मन्त्रालयले नै भारतको नयाँ संसद्‌मा राखिएको नयाँ मुरलमा नेपालको भूमि लुम्बिनी र कपिलवस्तु समेटिएको विषयमा कुनै कुरा नभएको बताइरहँदा भने प्रधानमन्त्री प्रचण्डले भने संसद्‌मा झुट बोलेर नेपाली जनतालाई गुमराहमा राखेको देखिन्छ। भारतले गत जेठ १४ गते भारतीय हिन्दुवादी विचारक वीडी सावरकरको जन्जयन्तीको अवसरमा नेपालको लुम्बिनी र कपिलवस्तु, पाकिस्तान, बंगलादेशलगायतका मुलुकको भूमि समेटेर नयाँ नक्सा जारी गरेको थियो। 
उक्त नक्साबारे विभिन्‍न मुलुकमा विरोध भएपछि भारतले यसलाई सम्राट अशोकको शासनकालमा फैलिएको भूमिलाई चित्रण गरिएको भन्दै बचाउ गरिरहेको छ। यद्पि यसबारे ठोस उद्देश्य भने भारतले हालसम्म सार्वजनिक गर्न सकेको छैन। 

प्रकाशित: Jun 07, 2023| 17:57 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्