शुक्रबार, वैशाख २१, २०८१

परम्परागत राजनीतिको रंगमा रंगिएका पुष्पकमल

हाम्रा प्रधानमन्त्री युद्धकालका प्रचण्ड हैनन्। उनी यो समाज र देशको राजनीति सुहाउँदो पुष्पकमल दाहाल हुन्। पुष्पकमल दाहालसँग त्यतिमात्र अपेक्षा राख्न सकिन्छ, जति शेरबहादुर देउवा र केपी ओलीसँग राखिन्छ।
 |  बुधबार, जेठ २४, २०८०

भानु बोखिम

भानु बोखिम

बुधबार, जेठ २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन्। यो हाम्रो देशको राजनीतिको कर्मकाण्ड हो। तर, प्रचण्डको यो भ्रमणले एउटा सन्देशचाहिँ पक्कै दिएको छ। त्यो सन्देश भनेको देश, काल र समयअनुसार राजनीतिको एउटा रंग हुन्छ। धेरै राजनीतिज्ञ त्यहि रंगमा होली मनाउँछन्। कसैकसैले त्यो राजनीतिको रंग बदल्ने सपना देख्छन्। तर संघर्षको दौरान थकाएर उसमा पनि परम्परागत राजनीतिले आफ्नो रंग भरिदिन्छ। 

triton college

प्रचण्डले यो देशको राजनीतिको रंग बदल्न खोजेका थिए। त्यही महान् उद्देश्यका साथ १० वर्ष युद्धको नेतृत्व गरे। त्यसको लागि सामन्ति राज्य व्यवस्था र भारतको विस्तारवादी चरित्रको विरोध गरे। आजको दिनमा आइपुग्दा प्रचण्डको लागि उही चरित्रको सत्ता प्रिय छ। भारतको चरित्र बदलिएको छैन। यद्यपि औपचारिक वा अनौपचारिक रुपमा उनले भारतको आतिथ्य ग्रहण गरिरहेका छन्।

युद्धकालमा प्रचण्डले केके लगाए, केके खाए? त्यसको पूर्ण जानकारी छैन। शान्ति प्रक्रियाको बाटो लिएर खुला राजनीतिमा आउँदा प्रचण्डको पहिरन अन्य दलको नेताको भन्दा साधारण थियो। उनी केवल सर्ट र पाइन्टमा थिए। विस्तारै उनको शरीरमा कोटले स्थान पायो। खुला राजनीतिमा आएका तीन वर्ष नपुग्दै देशको प्रधानमन्त्री भए। प्रधानमन्त्री हुँदा उनको शीरमा ढाका टोपी सजियो। त्यसपछि उनले अंगालेका दर्शन र सिद्धान्त विपरितका घटनाहरु देखिँदै गएका थिए। पछिल्लो पटक प्रधानमन्त्री हुँदा उनी दौरासुरुवालमा सजिएर हिँड्न थालेका छन्। यो उनको प्रचण्डबाट पुष्पकमल दाहाल हुने यात्राको पूर्णता हो। भलै पुष्पकमलबाटै प्रचण्ड भएकाले पुनः पुरानै लयमा फर्किनु अनौठो र अस्वाभाविक कुरा भने हैन।

कसैको पोशाक तथा पहिरनमाथिको चर्चा वा आलोचना उचित हैन। अर्को कुरा प्रचण्डले समाजमा अस्वीकार्य पहिरन लगाएका पनि हैनन्। तर उनले हिजो बोकेको दर्शन, सिद्धान्त र उनको व्यवहारलाई आजको उनको पहिरनले कहिँकतै गिज्याइरहेकै छ। कसैले फरक खालको पहिरन त्यति सजिलै परिवर्तन गर्दैन। पहिरनको परिवर्तन भनेको व्यक्तिको विचार र व्यवहार परिवर्तनको संकेत पनि हो। हिजो दौरासुरुवाल लगाउन नचाहने र आज दौरासुरुवालमा सजिने प्रचण्डको सोच, दृष्टिकोण र व्यवहार पनि परिवर्तन भएको छ। निश्चय नै एक राजनीतिज्ञ परिवर्तन हुनु भनेको उसले अँगालेको बाटो र दर्शनको परिवर्तन पनि हो। राजनीतिक रुपमा यसको दूरगामी असर हुन्छ। यसले दिने सन्देश निकै गहिरो हुन्छ।

प्रचण्ड नेपाली राजनीतिका महत्वपूर्ण खेलाडी हुन्। कसैले रुचाओस् वा नरुचाओस्, पछिल्लो समय नेपाली राजनीतिको गतिलाई उनले नै बढी प्रभावित पारेका छन्। तर प्रचण्डको उद्देश्य नेपाली राजनीतिको प्रभावशाली खेलाडी बन्नुमात्र थिएन। मार्क्सवाद र माओवादको आलोकमा सिंगो राजनीतिको स्वरुपलाई परिवर्तन गर्नु थियो। माओवादीको रजगज चल्ने सत्ता स्थापना गर्नु थियो। यहि उद्देश्यका साथ उनी युद्धमा होमिएका थिए। युद्धको नेतृत्व केवल राजनीतिमा स्थापित खेलाडी हुनको लागि थिएन।

corrent noodles
Metro Mart

हाम्रा प्रधानमन्त्री युद्धकालका प्रचण्ड हैनन्। उनी यो समाज र देशको राजनीति सुहाउँदो पुष्पकमल दाहाल हुन्। पुष्पकमल दाहालसँग त्यतिमात्र अपेक्षा राख्न सकिन्छ, जति शेरबहादुर देउवा र केपी ओलीसँग राखिन्छ।

निश्चय नै प्रचण्डले नेपालको राजनीतिलाई प्रभावित पारिरहन्छन्। तर राजनीतिमा आफ्नो सपना र चाहना पूरा गर्नको लागि उनलाई पनि अरुको साथ सहयोग चाहिरहन्छ। बेलामौकामा प्रचण्ड देशको बागडोर सम्हाल्छन्। तर बिडम्बना, उनको हातमा सत्ता परे पनि पूर्ण शक्ति हुँदैन। परिणाम– उनको प्राथमिकता आफ्ना आफन्तलाई स्थापित गर्ने र आफ्नो बाल्यकाल बितेको ठाउँमा बजेट बढी लग्नेमा केन्द्रित छ। समग्र देशको लागि सोच्न नसक्नु वा काम नगर्नु हाम्रो संसदीय व्यवस्थाको अवगुण हो। यसमा हाम्रो सामाजिक संरचना र राजनीतिको क्षमता पनि दोषरहित भने छैन। यो अहिलेको राजनीतिको एक विशेषता पनि हो। पुष्पकमल दाहाल उर्फ प्रचण्डको उद्देश्य पनि अहिले यस्तै छ।

लोभलालच अनि सपना मानवीय स्वाभाव हुन्। कुनै पनि नेताले जनता र देश दुहाई दिँदै गर्दा उनका निजी सपना पनि जोडिएका हुन्छन्। संघर्षको क्रममा राजनीतिज्ञले देश र जनताको लागि तय गरेको लक्ष्यमात्र सोच्दैन। आफ्नो सपना प्राप्तिको समयसिमाको चिन्तामा पनि जकडिँदै जान्छ। उमेर बित्दै जाँदा प्रचण्डले देश र जनताको लागि अंगालेका लक्ष्यलाई पन्छाउँदै गए। आफ्नै सपनाहरुलाई प्राथमिकता दिँदै गए। संघर्ष गर्दा कसैसँग प्रतिरोध गरिन्छ। तर राजनीतिक प्रतिरोधमा दूरीमात्र रहँदैन। नजानिँदो तरिकाको संसर्ग र विपक्षीको आचरण अनुशरण पनि हुन्छ।

प्रचण्डले जोसँग प्रतिरोध गरे, नजानिँदो तरिकाले उनीहरुकै आनीबानीबाट प्रभावित पर्दै गए वा अर्काे पक्ष यति शक्तिशाली थियो कि उसलाई पनि प्रचण्डलाई प्रभावित पार्यो। प्रचण्डमा आएको विचलनले उसकै पार्टीका नेतालाई अवसरवादको पाठ सिकायो। सिमान्तकृत समुदाय तथा तल्लो वर्गलाई निरास बनायो। समग्रमा प्रचण्डले राजनीतिको जुन रंगलाई बदल्न खोजेका थिए, आखिरमा त्यहि रंगमा डुबुल्की मारेका छन्। परिणाम– उनी अन्य नेता जस्तै छन्, जो एक थोक बोल्छन्, गर्छन् अर्कै। जे जति सपना देखाउँछन्, त्यसलाई कार्यान्वयन राख्ने हैसियत राख्दैनन्। त्यो अर्थमा युद्ध हाँक्ने प्रचण्ड र प्रधानमन्त्री पुष्पकमल दाहाल दुई अलग व्यक्तित्व हुन्। भलै यी नामहरु एकसाथ प्रयोगमा आइरहेका हुन्छन्। तर यी नामहरुले फरक स्वाभाव, विचार र व्यवहारलाई प्रतिबिम्बित गर्छ।

हाम्रा प्रधानमन्त्री युद्धकालका प्रचण्ड हैनन्। उनी यो समाज र देशको राजनीति सुहाउँदो पुष्पकमल दाहाल हुन्। पुष्पकमल दाहालसँग त्यतिमात्र अपेक्षा राख्न सकिन्छ जति शेरबहादुर देउवा र केपी ओलीसँग राखिन्छ। नेपाली कांग्रेस र एमालेको प्रिय राजनीतिक रंगले नेकपा माओवादी केन्द्रलाई होली खेलाइसकेका छन्। 

प्रकाशित: Jun 07, 2023| 13:01 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्