बिहीबार, साउन ७, २०८३

महानगरका सम्पदाको पुर्ननिर्माणले गति लिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–२०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त काठमाडौं महानगरपालिकाका सम्पदा पुर्नःनिर्माणले गति लिन थालेको छ। सम्पदा पुर्नःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चासो देखाएसँगै पुर्नःनिर्माणको कामले गति लिन थालेको हो ।
 
हनुमानढोका नजिकैको कुमारीघर र काष्ठमाण्डपकै आसपासमा रहेको निकै चर्चित सम्पदा माजु देवलको आज पुर्नःनिर्माणकार्य शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि अब काठमाडौँका सम्पदा पुर्नःनिर्माणले  गति लिने बताए । सबै प्रक्रिया पूरा गरेर माजु देवल दुई वर्षभित्रमा सक्ने गरी ठेक्कामा दिएको पनि मेयर शाक्यले जानकारी दिए ।

‘हामीले भूकम्पले भत्किएका सम्पदा आफ्नै खर्चमा बनाउने भन्दै आएका छौँ,’ शाक्यले भने, ‘हामीले यस अघि नै काष्ठमाण्डप पुर्ननिर्माण महानगरपालिककै खर्चमा गर्ने भनेर काष्ठमाण्डप पुननिर्माण समितिलाई पुर्ननिर्माणका लागि पाँच करोडको चेक हस्तान्तरण गरिसकेका छौँ । अब माजु देवल पनि हाम्रै खर्चमा बनाउँछौँ ।’ 

उनले महानगरपालिका भित्रका सम्पदा पुर्नःनिर्माणमा कसैसँग सहयोग नमाग्ने पनि दाबी गरे। ‘हामीलाई पैसाको कुनै समस्या छैन,’ उनले भने, ‘काम समयमा सम्पन्न हुनुपर्यो ।’
 
सम्पदा पुर्नःनिर्माणको कामले अब गति लिने भन्दै ठेकेदार कम्पनीलाई पनि निर्धारित समय अघि नै काम सम्पन्न गर्न पनि मेयर शाक्यले निर्देशन दिए । 

‘काठमाडौँ महानगरपालिकाले आफ्नो दायित्वभित्र रहेका धेरै काम गर्दै आएको छ । त्यसमध्ये काष्ठमाण्डप पुर्नःनिर्माणको काम अहिले धमाधम भैरहेको छ,’ उनले भने, ‘माजु देवलको कामलाई आज सुरुवात गरेका छौँ । यसको कार्यावधी जम्मा दुई वर्षको हो । हामी र पुरातत्व विभागले गर्ने प्रशासनिक, आर्थिक र प्राविधिक काम सबै सम्पन्न गरेर आज शुभारम्भ गरेका हौँ । यो कामलाई सम्पन्न गर्ने जिम्मेवारी ठेकेदारको हातमा छ ।’ 

ठेकेदारले समयमा काम सम्पन्न नगर्दा महानगरपालिकाले गालि खानु परेको पनि स्मरण गर्र्दै मेयर शाक्यले भने, ‘हिजो जे–जस्तो अवस्था रहे पनि अब त्यस्तो हुँदैन । अबका दिनमा हामीले त्यस्तो सुन्नु नपरोस् ।’

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले पनि आफूहरुले विदा लिने बेलामा महानगरपालिका भित्रका सबै सम्पदा पुर्नःनिर्माण सम्पन्न गरेर जाने बताइन । उनले रानीपोखरी पुर्नःनिर्माण पनि अघि बढेको बताइन । ‘अब विस्तारै महानगरपालिको विकासले गति लिएको छ,’ उनले भनिन्, ‘काष्ठमाण्डपको काम अघि बढेको छ । रानीपोखरीको काम पनि अघि बढेको छ ।’ 

कार्यक्रममा वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले पनि सम्पदा पुर्नःनिर्माणको कामले गति लिने बताए । माजु देवल पुर्नःनिर्माणका लागि भ्याट र कन्टिजेन्सीबाहेक ५ करोड ८८ लाख २४ हजार ३६५ रुपैयाँ ९७ पैसा लागत अनुमान गरिएको थियो । यसमा प्रतिस्पर्धाबाट प्राकृतिक सानु सुवाल जेभि (संयुक्त उपक्रम) ले भ्याटबाहेक ५ करोड ४९ लाख ३५ हजार २०६ रुपैयाँ ९७ पैसामा निर्माण कवोल गरेर सम्झौता गरेको महानगरपालिकाले जानकारी दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।