बिहीबार, साउन ७, २०८३

भारतमा रंग जमाउँदै जनकपुरका रंगकर्मी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-मैथिली रंगकलाको क्षेत्रमा जनकपुरले छुट्टै पहिचान बनाएको छ । यहाँका मैथिली रंगकर्मीहरुले नेपालमात्र नभएर देश विदेशमा समेत ख्याती र चर्चा कमाउन सफल भइसकेका छन् ।

यहाँका रंगकर्मीहरुको कलाको चतुराई तथा कुशलताकै कारण भारतमा आयोजना भइरहेको जनकपुरस्थित मिथिला नाट्यकला परिषद अन्तर्राष्ट्रिय रामलीला महोत्सवमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेको छ ।

भारतको राजधानी नयाँदिल्ली र राजस्थानको सांस्कृतिक नगरी जयपुरमा आयोजना हुने अन्तर्राष्ट्रिय ‘रामलीला’ महोत्सवमा जनकपुरस्थि मिथिला नाट्यकला परिषद (मिनाप) छनौटमा परेको हो । महोत्सवमा आयोजक भारतसहित श्रीलंका र थाइल्याण्डका रंगकर्मीहरुले पनि आफ्नो कला प्रदर्शन गर्दैछन् ।

नेपालबाट प्रतिनिधित्व गरिरहेको मिनापले जानकी लिला मञ्चन गर्दैछ । जानकीले भारत र नेपालबीच धार्मिक, सांस्कृति र सामाजिक सम्बन्ध जोडेकोले रामलीला महोत्सवमा ‘जानकीलीला’ मञ्चन गर्ने तयारी मिनापको छ । अहिलेसम्म विभिन्न अवसरहरुमा ‘रामलीला’ प्रदर्शन हुँदै आइरहेको भएपनि ‘जानकीलीला’ कुनै नाट्य महोत्सवमा संभवतः पहिलो प्रदर्शन हुने छ ।

जानकीको जन्म, पालनपोषण र विवाहसमेत जनकपुरमै भएकोले ‘जानकीलीला’ मा उनको जन्मदेखि विवाहसम्मको सम्पूर्ण वृत्तान्त महोत्सवमा यहाँका कालाकारहरुले गर्दैछन् ।

भारतको राजधानी नयाँदिल्ली र राजस्थानको जयपुरमा नाट्य महोत्वस आयोजना भइरहेपनि जनकपुरका रंगकर्मीहरुले आफ्नो प्रस्तुतिका लागि मैथिली भाषा नै रोजेका छन् ।

जानकीको जन्मपूर्व मिथिलामा परेको अनिकालका कारण वर्षातको कामना गर्दै राजा जनकले गरेको ‘हलेष्ठी यज्ञ’ गर्दा वर्षा भएको प्रसंगबाट नाटक प्रारंभ गर्ने तयारी छ, मिनापका रंगकर्मीहरुको।

रंगकर्मीहरुको जानकी जन्मदेखि विवाहसम्मको यथार्थपरक प्रदर्शनले दर्शकहरु माझ भगवान जानकीको त्रेताकालीन इतिहासको झझल्को दिने मिनापका अध्यक्ष परमेश झाको विश्वास छ । 

नाटकमा प्रयोग गरिएका सोहर, बधैया, पमरिया, झुलासहितका पारम्परिक गीत संगीतले जानकीलीलालाई थप आकर्षक बनाउने मिनापका पूर्व अध्यक्ष सुनिल मल्लिक बताउँछन् ।

महोत्सवमा भागलिन ३० सदस्यीय मिनापको टोली आइतबार भारतको राजधानी नयाँदिल्ली पुगिसेको छ । मिनाका रंगकर्मीहरुले मंगलबार दिल्ली र शुक्रबार राजस्थानको जयपुरमा ‘जानकीलीला’ प्रदर्शन गर्दैछन् ।

मिनापका अध्यक्ष झाको निर्देशनमा तयार पारिएको गीती नाटकमा पूर्वअध्यक्ष मल्लिकले संगीत दिएका छन् भने धीरज ठाकुर र सन्नी राउतले नृत्य निर्देशन गरेका छन् ।

जानकीलीलामा मिनापका चर्चित कलाकार मदन ठाकुर, गंगाकान्त झा, परमेश झा, मुकेश झा, पूजा ठाकुर, सुरेन्द्र राय, अनिता रानी मण्डललगायतक कलाकारहरुले आफ्नो कला प्रदर्शन गर्दैछन् । यसैगरी प्रत्यक्ष गायनको भूमिका पूर्व अध्यक्ष मल्लिक, ललित कामत र नेहा प्रियदर्शनीलाई दिइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।