बिहीबार, साउन ७, २०८३

अब १५ हजारमै मलेसिया जान पाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल र मलेसिया सरकारबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मलेसियामा काम गर्न जाने नेपाली कामदारलाई दिइने सेवासुविधासहितको सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

दुर्इ देशका उच्चस्तरीय प्रतिनिधिमण्डलले तयार गरेकाे श्रम सम्झाैताकाे मस्याैदामा नेपालकातर्फबाट श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री गाेकर्ण विष्ट र मलेसियाकातर्फबाट मानव संशाधनमन्त्री एम कुलासेगरानले उक्त सम्झाैतामा हस्ताक्षार भएकाे हाे ।

सम्झौताकाे क्रममा मलेसियाका मानव स‌ंसाधनमन्त्री कुलासेगरानले मलेसिया जानका लागि मलेसियाकाे रिंगेट करिब पाँच सय मात्र लाग्ने बताए । जसअनुसार मलेसिया जान कामदराले नेपालकाे बढीमा १५ हजार रुपैयाँ तिरे पुग्ने देखिन्छ । उक्त खर्च स्वास्थ्य परिक्षण र सुरक्षा कि्लयरेन्स लगायतकाे लागि कामदारले तिर्नु पर्ने उनले जानकारी दिए ।

यसैबीच नेपाली कामदारले नेपालमा गरेको स्वास्थ्य तथा सुरक्षा सम्बन्धीको सम्पूर्ण लागत रोजगारदाता कम्पनीले पहिलो महिनाको तलब निकासा गर्दा उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको सम्झाैतामा उल्लेख रहेकाे मन्त्री विष्टले कार्यक्रममा जानकारी दिए ।

उनकाअनुसार सम्झौतापत्रमा नेपालबाट काम गर्न मलेसिया जाने कामदारको आतेजाते खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने छ । त्यस्तै नेपाली कामदारको काम गर्ने करार अवधि दुई वर्षको हुने व्यवस्था गरिएको छ ।

दुई राष्ट्रबीच कर्मचारीको तलब बैंकमा जम्मा गर्ने विषयमा पनि समझदारी भएको छ । कम्पनीले कामदारको तलब प्रत्येक महिनाको सात तारिखमा बैंकमा जम्मा गर्ने व्यवस्था मिलाएको छ । 

सम्म्झाैतामा लेसियामा काम गर्न जाने नेपाली कामदारले त्यहाँको श्रम मापदण्डअनुसार न्युनतम् पारिश्रमिक पाउने व्यवस्था उल्लेख छ । कामदारको परिवारका कुनै सदस्य निधन भएमा उनीहरुलाई उचित बिदाको पनि व्यवस्था मिलाइएको छ । अब नेपाली कामदारको परिवारको कुनै सदस्यको निधन भएमा १५ दिन बिदा पाउनेछन् । 

महिला कामदारका लागि पनि विशेष व्यवस्था मिलाइएको छ । महिला हिंसा न्यूनिकरकण गर्न महिला कामदारका लागि विशेष सुरक्षाको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

त्यस्तै मलेसियामा काम गर्ने कामदारले त्यहाँको सरकारले लागू गरेको बिमा सम्बन्धी मापदण्ड सम्पूर्ण कामदारमा लागू हुनेछ ।

राेजगारकाे लागि कामदार मलेसिया पठाउने सम्बन्धमा भने एक प्राविधिक कमिटी बनेकाे मन्त्री विष्टले जानकारी दिए । ‘कमिटीले मलेसियामा कामदार जाने सम्बन्धमा आधिकारिक टुङ्गो लगाउनेछ,’ उनले भने  ‘मेनपवरले लिने सेवा शुल्क रोजगार कम्पनीले बेहोर्ने, कति मेडिकल शुल्क लाग्ने, कति सुरक्षा शुल्क लाग्ने लगायत सम्पूर्ण टुङ्गो लगाउनेछ ।’ प्राविधिक कमिटीलाई प्रभावकारी बनाइ मलेसिया जाने बाटो चाँडो खोल्न जोड दिएको सम्मेलनमा उनले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।