काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।
अचानक छातिमा समस्या देखापछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेट्न उनी अस्पताल पुगेका हुन् ।
प्रचण्डले चिकित्सकसंग ओलीको स्वास्थ्य अवस्थाबारे जानाकारी लिएका छन् भने ओलीसंग समान्य कुराकानी पनि गरेको अस्पताल स्रोतले जनाएको छ ।
चिकित्सकका अनुसार ओलीको छातिमा संक्रमण देखापरेको छ भने हल्का ज्वरो पनि आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४