बिहीबार, साउन ७, २०८३

फेरि टिपरले लियो २ जनाको ज्यान, ३ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रसुवा- रसुवाको कालिका गाँउपालिका–४ अम्बासमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालक सहित ३ जना घाइते भएका छन् । 

बेत्रावतीबाट बालुवा लोड गरि पारच्याङतर्फ जाँदै गरेको बा ४ ख ८३६६ नम्बरको ट्रिपर आइतबार राति १० बजे अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परि मृत्यु हुनेमा टिपरमा सवार नौकुण्डा गाँउपालिका–३ का ४० बर्षीय कामी तामाङ र १५ बर्षीय प्रकाश तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ । 

घाइते भएका चालक रसुवा नौकुण्ड गाँउपालिका–३ का २१ वर्षीय जीवराम थोकर, टिपरमा सवार ३५ वर्षीय सार्की लामा र उनका ११ वर्षीय छोरा अदित तामाङलाई उपचारको लागी काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पताल ल्याइएको छ । घाइते मध्ये सार्की लामाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।