बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्‍त्री ओली अस्पताल भर्ना, आइसियूमा उपचार हुँदै

प्रधानमन्‍त्री ओली अस्पताल भर्ना, आइसियूमा उपचार हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा फेरि समस्या देखा परेपछि अस्पताल भर्ना गरिएको छ । अचानक धेरै खोकी लागेर छाति दुख्न थालेपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालका अनुसार उनलाई सोमबार बिहान  ४ बजे अस्पताल भर्ना गरिएको हो । अर्यालले भने– 'प्रधानमन्त्रीको अवस्था जटिल नै त छैन् तर, खोकीका कारण छातिमा असहजता अाएपछि अस्पताल भर्ना गरिएको हाे ।'

 अाेलीकाे आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । चिकित्सकको प्रारम्भिक रिपोर्ट अनुसार उनको छातिमा संक्रमण देखिएको छ । अन्य समस्या पत्ता लगाउन स्वास्थ्य परिक्षणको काम भइरहेको अस्पतालले जनाएको छ । 

स्वास्थ्यमा समस्या देखापरेपछि उनी शनिबार आफ्नै पार्टी  नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि भएका थिएनन् । त्यसबखत उनलाई रुघाखोकीका साथै ज्वरो समेत आएको थियो । निवासमै बसेर आराम गरिरहेका  प्रधानमन्त्री ओलीमा फेरि अचानक छातिमा समस्या देखा परेको हो । 

भारतको अपोलो अस्पतालमा ११ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीमा बेला बेला स्वास्थ्य समस्या देखा पर्दै आएको छ । उनले मिर्गौला प्रत्यारोपण पछि निरन्तर औषधि सेवन गरिरहेका छन्। 

मिर्गौला प्रत्यारोपण गर्ने ब्यक्तिले जीवनभर औषधि खानुपर्छ। मानिसको उमेर र स्वास्थ्य अवस्था अनुसार ‘डोज’ भने फरक–फरक भएपनि औषधी भने खाइरहनु पर्ने चिकित्सकहरु बताउँछन् ।  मिर्गौला प्रत्यारोपण गरेको ब्यक्ति सधैँ जोखिममा रहने चिकित्सकहरुको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।