बिहीबार, साउन ७, २०८३

के छापे आजका राष्ट्रिय दैनिक अखबारहरुले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

जनताको काम थाँति राखेर कर्मचारीदेखि स्थानीय जनप्रतिनिधिसम्म विदेश भ्रमणमै ताँती लागेको विषयलाई आजको अन्नपूर्ण पोस्ट्ले प्राथमिकतामा पारेको छ । दुई महिनामा जनप्रतिनिधिको २३ समुह विदेश उडेको छ भने अधिकांश जनप्रतिनिधि महत्त्व नभएका गोष्ठि, सेमिनारमा भाग लिन विदेश गएको समाचारमा उल्लेख छ । 

यस्तै अन्नपूर्णले डोटीकी जगुदेवी खड्काले १०१ वर्षमा बल्ला नागरिकता पाएको विषयलाई मुख्य समाचार बनाएको छ । सत्तारुढ दलको एकता संघीय र प्रदेश संसद्मा समेत अधुरै रहेको विषयलाई महत्वका साथ छापेको छ ।

आजको नयाँ पत्रिकाले भने डा. गोविन्द केसीसंग सरकारले गरेको सहमति कार्यान्व्यन नगरेको विषयलाई मुख्य समाचार बनाएको छ । दुई महिनाको वाचाः तीन महिना नाघ्यो शीर्षकमा समाचार लेखेको उसले डा केसी र शिक्षामन्त्रीबीचको जुहारी समेत छापेको छ । 

विवाद किनारा नलगाई ठेक्का दिन अख्तियारले रोक लगाएको विषय र चार महिनाको अवधिमा आलुको मूल्य दोब्बरले बढेको विषयलाई पनि नयाँ पत्रिकाले महत्वका साथ पहिलो पृष्ठमा छापेको छ।

आजको नागरिकले भने मेलम्ची आयोजनाका गाडीमा पहुँचवालाको रजाइँ शीर्षकमा मुख्य समाचार छापेको छ । मेलम्ची आयोजनाका गाडी दुरुपयोग अवस्था हेर्दा यो पानी व्यवस्थापन गर्ने नभइ पहुँचवालालाई सवारीसाधन उपलब्ध गराउने आयोजना जस्तो बनेको उसले लेखेको छ । यस्तै खानेपानीका कर्मचारीले अनधिकृत रुपमा पानी बिक्रि गर्ने गरेको पनि नागरिकले खुलासा गरेको छ । 

यस्तै नागरिकले नेपालको कुटनीति कमजोर बनेको र उच्चस्तरिय भ्रमण सुस्ताएको विषयलाई विशेष महत्वका साथ छापेको छ । प्रदेश २ को नाम र राजधानीका विषयमा सुझाव दिन आयोग बनाइएको विषयलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ ।  

रेल विभागले पूर्वपश्चिम विद्युतिय रेलमार्ग चितवन राष्ट्रिय निकुञ्जलाई छलेर बनाउन प्रस्ताव गरिएको र सेयर बजारमा महिलाको संख्या बढेर ३९ प्रतिशत पुगेको विषयलाई आजको कान्तिपुरले मुख्य समाचार बनाएको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित बीच सडकमा दुर्घटना बढाउने गरी बनेको खाल्डोको तस्विरलाई भने कान्तिपुरले सबैभन्दा माथि प्रकाशित गरेको छ । यस्ता खाल्डाखुल्डीका कारण काठमडाौंमा दिनहुँ दुर्घटना हुँदै आएको छ । 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।