बिहीबार, साउन ७, २०८३

बाराबाट लागुऔषधसहित दुईजना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बारा-प्रहरीले बाराबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका–८ बस्ने ३० वर्षीय मनोज न्यौपाने र हेटौंडा उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय नवरत्न मानन्धर रहेका छन् ।

पक्राउ परेकाहरुको साथबाट दुईटा झोलामा लुकाएर राखेको अवस्थामा कोडेइन फोस्पेट नामक लागुऔषध एक सय ८६ बोतल फेला परेको बारा प्रहरीले जनाएको छ । 

निजगढ नगरपालिका–११ स्थित गढीमाई जाने बाटोमा ईलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विक्रम लामाको कमाण्डमा खटेको प्रहरी टोलीले दुबैजनालाई नियन्त्रणमा लिइएको हो ।

ना ५५ प २०६ नम्बरको मोटरसाइकल चढेर आएका उनीहरुलाई शंकाको आधारमा प्रहरीले चेकजाँच गरेको थियो । पक्राउ परेका दुबै जनालाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी रन्जितसिंह राठौरले जानकारी दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।