बिहीबार, साउन ७, २०८३

‘सेल डे’मा दराजको ८० प्रतिशत छुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–चर्चित अनलाइन मार्केट दराजले आफ्नो सेलमा ८० प्रतिशतसम्म छुट दिने भएको छ । दराजले नेपालमा पहिलो पटक ११.११ संसारकै ठूलो सेल डे मनाउने जानकारी गाराउदै उक्त डे मा ८० प्रतिशतसम्म छुट दिने भएको हो ।

उक्त डेको शुरुवात ११.११ सन् २००९ देखि भएको हो । त्यसअनुरुप कम्पनीले यो नोभेम्बर ११ अर्थात कातिक २५ गते सेल डे मनाउने जानकारी गराएको छ । 

सो दिन कम्पनीबाट ग्राहकले विभिन्न छुट अफर, फ्ल्यस सेल्स, हजारौ ब्रान्ड भौचरहरु, मिस्ट्री बक्स तथा अन्य उपहारहरु योजाना राख्ने भएको छ । नयाँ दराज एपमा हुने यस एक दिने सेल उत्सव ई–कमर्श कम्पनी मध्ये अहिलेसम्मकै सबैभन्दा ठूले हुने कम्पनीको दावी छ ।

दराज नेपालका प्रबन्ध निर्देशक राजिब अमात्यले दाराज एपको शुरुवातपछिको यो पहिलो विशाल अनलाइन मेला भएको भन्दै सम्पूर्ण ग्राहकहरुले व्यक्तिगत तथा नव उत्कृष्ट क्रियाकलापहरुको अपेक्षा गरेको बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्