बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मंसिर दाेस्राे हप्ता बिल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो

मंसिर दाेस्राे हप्ता बिल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–मंसिरमा बिल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो हुने भएको छ । नविनतम् प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माण बारे एकैथलोमा सम्पूर्ण जानकारी दिने उद्देश्यले आगामी मंसिर ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा दोश्रो संस्करणको बिल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो–२०७५ हुने भएको छ । 

सुरक्षित र दिगो निर्माणका लागि प्राविधिक रुपान्तरण मुख्य उद्देश्यसहित युथ कमिटी अफ नेपालिज कन्स्ट्रक्टर्स (वाईसीएनसी)को मुख्य आयोजना तथा नेपाल इन्जिनियर्स एशोसिएशन(एनईए), सोसाइटी अफ नेपालीज आर्कीटेक्टस(एसओएनए) लगायतको सह–आयोजनामा मेलाको आयोजना हुने जनाइएको छ । 

त्यस्तै मेलाको मुख्य प्रायोजक अर्घाखाँची सिमेन्ट, पेन्ट्स् पार्टनर बर्जर पेन्ट्स् लगायत रहेका छन् । मेलालाई निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्मँण व्यवसायी महासंघले सहयोग गरेको छ । 

आयोजककाअनुसार मेलामा निर्माण क्षेत्रमा भित्रिएका नविनतम् प्रविधिहरुको प्रदर्शनी राखिनेछ । जसमा ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेन्ट्स्, इन्टेरियर डिजाइनर, सिमेन्ट कम्पनी, फर्निचर एण्ड फर्निसिङ, स्टिल, ईटा तथा मार्बल, विद्युतीय समाग्री, बैंक तथा वित्तीय संस्था, बीमा, सौर्य ऊर्जा लगायतका दुई सयबढी स्टल रहने छ ।

मेलाको क्रममा सेमिनारको आयोजना गरिने भएको छ । जहा सम्बन्धीत विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । आवास तथा निर्माण सम्बन्धी कुनै जिज्ञासा भए सम्बन्धीत विज्ञहरुले त्यसको सम्बोधन गर्ने गरि प्रश्न उत्तरको कार्यक्रम, घर बनाउन चाहने र बनाइरहेकाहरुलाई इन्जिनियरिङ वास्तु लगायत बारे निःशुल्क परामर्शको व्यवस्था समेत गरिएको आयोजकले जानकारी गराएको छ ।

त्यस्तै मेलाको दुई लाख बढीले अवलोकन गर्ने आयोजको अपेक्षा छ । मेलाले फरक फरक भौगोलिक अवस्थितिमा भौतिक निर्माणका लागि आवश्यक फरक–फरक प्रविधि, सिप र निर्माण सामाग्रीबारे सही सूचना एवं जानकारी दिन मद्दत पुर्याउने बताइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्