बिहीबार, साउन ७, २०८३

ओपोको मोबाइल कञ्जुमर च्वाइसबाट सम्मानित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-स्मार्टफोन उद्योगकै अग्रणी ब्राण्ड मध्य एक, ओपोलाई लंदनमा टेकरेडारद्वारा आयोजित मोबाइलकञ्जुमर च्वाइस अवार्ड समारोहमा ‘वान टू वाचप्राइज’द्वारा सम्मानित गरिएको छ । 

यस बर्ष ओपोले आफ्नो नवप्रबर्तनात्मक प्रविधि र मापदण्ड भन्दामाथी उठेर विकासका चुनौति स्विकार्ने प्रबृत्तिका कारण शाब्दिक रुपमा जुरीलाई उत्साहित तुल्याउन सफल भएको देखिन्छ । तिब्र प्रतिस्पर्धाका बाबजुत ओपोले आफुलाई यसबर्षको हेर्नै पर्ने ब्राण्डका रुपमा स्थापितगर्न सफल भएको छ । 

‘हाम्रो ब्राण्ड र उत्पादन प्रतिको निरन्तर माया, साथ र सहयोगका लागि हामी समस्त उपभोक्ताप्रति कृतज्ञ छौँ । यस एवार्डले उपभोक्ताका चाहना, माग र आवश्यकताको समाधानका लागि हाम्रो  नवप्रबर्तन, डिजाइन र विकासप्रतिको निरन्तर लगाव र प्रयत्नको सम्मानका रुपमा हामीले लिएकाछौँ’, सम्मानका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ‘यो सम्मानले हामीलाई भविस्यमा अझ उत्कृष्टताका साथ प्रस्तुत हुने प्रोत्साहन मिलेको छ । साथै, यसले हाम्रा मूल्य मान्यता र भविस्य लक्षित स्मार्टफोन निर्माण गर्ने निरन्तर तृष्णा प्रतिबिम्बित गर्छ ।’

यस प्रतिष्ठित एवार्डले ओपोलाई स्मार्टफोन बजारको एक अग्रणी ब्राण्डका रुपमा स्थापित आफ्नो छविलाई निरन्तर्ता दिएको छ । नवप्रबर्तनात्मक प्रविधि, क्रान्तिकारी डिजाइन र कलात्मक उत्पादनका लागि ओपोको निरन्तर प्रतिबद्धताको सम्मान स्वरुप यो एवार्ड प्रदान गरिएको हो । 

उपभोक्ताद्वारा भविस्यको नवप्रबर्तन छनोट

विभिन्न कम्पनी मध्यबाट उपभोक्ताको छनोटका आधारमा लन्डनमा आयोजित कार्यक्रममार्फत ओपोलाई ‘वान टू वाचप्राइज’द्वारा सम्मानित गरिएको हो । करिव ३ महिना अगाडी मात्रै ओपो आधिकारिक रुपमा यूरोप प्रवेश गरेको हो । यो छोटो अवधिमै यूरोपेली बजारमा ओपोलाई अग्रणी ब्राण्डका रुपमा हेर्न थालिएको छ । 

कम्पनीले यस बर्षकै महत्वपूर्ण प्राविधिक विकासका रुपमा हेरिएको स्टिल्थ थ्रीडी क्यामेरा मार्फत सबैलाई चकित तुल्याएको छ । 

एवार्डका बारेमा

मोबाइल च्वाइस कञ्जुमर एवार्ड, विगत १८ बर्षदेखि मोबाइल उद्योगका उत्कृष्ट (ह्याण्डसेट देखि सर्भिस, ब्राण्ड्स देखि रिटेलर) लाई सम्मानित गरिने कार्यक्रम हो । सन् २०१८को विशेष संस्करणका लागि मोबाइल च्वाइस अवार्डले यूकेको अग्रणी प्राविधिक वेभसाइट ‘टेकरेडार’संग अझ बढी उपभोक्ता भोटिङका लागि सहकार्य गरेको छ । 

वान टू वाच एवार्ड मार्फत कार्यक्रमले भविष्यको मोबाइल उद्योगलाई नयाँआयाम र परिभाषा दिन प्रयत्नरत कम्पनीलाई सम्मान दिएको जनाइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्