बिहीबार, साउन ७, २०८३

एनआई सी एशियाको नयाँ शाखा म्याङलुङमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय म्याङलुङ नगरपालिका वडा नं १ स्थित म्याङलुङमा स्थापना भएको छ । नयाँ शाखाको म्याङलुङ नगरपालिकाका मेयर संजय कुमार तुम्बाहाङ्गफेले आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।

बैंकलाई सर्वसाधारणले गरेको विश्वास र भरोसाले शाखा विस्तारको कामलाई अघि बढाएको एनआइसीले जनाएको छ । 

बैंकका मुलुकभर दुई सय ६४ शाखा कार्यालयहरु, दुई सय ६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा सञ्चालन छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्