काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले चारदिने भ्रमणका लागि नेपाल ल्याइपुर्याएको ट्रफी आइतबार चन्द्रागिरिमा प्रदर्शन गरिएको छ। विश्वका पाँच महादेश, २१ देश र ६० स्थानमा प्रदर्शन गरिने उक्त ट्रफी नेपालको नयाँ एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरिमा प्रदर्शनकालागि लगिएको हो ।
ट्रफी बंगलादेशबाट दुबई हुँदै नेपाल ल्याइपुर्याएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को संयोजक भावना घिमिरेले जानकारी दिइन। यसअघि ट्रफी पश्चिम नेपालको पोखरामा प्रदर्शन गरी काठमाडौं फर्काइएको संयोजक घिमिरेले बताइन ।
ट्रफी प्रदर्शनमा आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् लगायतको टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि परिसरमा स्वागत गरेका थिए ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४