सोमबार, पुस २१, २०८२

गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द, परीक्षा यथावत्

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

National life
Laxmi sunrise bank
kumari

सर्लाही- सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ। गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले जानकारी दिए।

उनका अनुसार गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको सूचना आएपछि वर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिएका हुन्।

गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले जेठ २१ गतेदेखि २४ गतेसम्म वर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको उनले बताए। सञ्चालित परीक्षाहरू भने यथावत् रहनेछन्।

प्रकाशित: Jun 04, 2023| 18:47 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्