बिहीबार, साउन ७, २०८३

महिला हिंसा न्यूनीकरण गर्न ‘हेल्लो सीएम एप’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-प्रदेशमा बढ्दै गरेको बलात्कार तथा महिला हिंसाका घटना न्युनिकरणगर्न प्रदेश सरकारले ‘हेल्लो सीएम’ नामक मोबाइल एन सार्वजनिक गरेको छ ।

आइतबार जनकपुरमा प्रदेश प्रहरी कार्यालयको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सीएम’ एप सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारको सहकार्यमा तयार पारिएको एपको सहयोगमा समस्यामा परेका महिलाले आफ्नो समस्या तत्काल प्रहरी समक्ष पुर्‍याउन सक्ने सुविधा दिइएको छ। यसैगरी एपमा प्रहरी, एम्बुलेन्सजस्ता आपतकालिन नम्बर, आपतकालिन सहायता कक्ष, नजिकको प्रहरी चौकीमा तत्काल सम्पर्क गर्न सकिने व्यवस्था रहेको जनाइएको छ ।

यो एप एन्ड्रोइड मोवाइलमा डाउनलोग गरिसकेपछि अन गरेर तीनपटक हल्लाएपछि नजिकको प्रहरी कार्यालयमा आकस्मिक कल बनेर पुग्ने सुविधा दिइएको छ । 

एपमा जडान गरिएको ‘जीपीआरएस’ को मद्तले समस्यामा परेका महिला नजिक तत्काल प्रहरी पुग्न सक्ने एम निर्माता इन्जिनियर आदित्य राजले जानकारी गराए । एप चलाउन अन्य एप जस्तो इन्टरनेट सुविधा आवश्यक नरहेको उनको भनाइ छ ।

एप सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले महिला हिंसाका घटना न्यूनीकरण गर्न यो एपले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । एपको बारे ग्रामीण तहसम्म जानकारी गराउन सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।