बिहीबार, साउन ७, २०८३

लुम्बिनीमा १२ करोडको लागतमा चार्जिङ स्टेशन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा-लुम्बिनीकालागी आएको बिजुली बस गत मंगलबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवात गरेका छन् । काठमाडौंमा सुरुवात गरिएको बस लुम्बिनीका लागी आएको हो  । लुम्बिनीदेखि भैरहवा, लुम्बिनीदेखि तिलौराकोट, लुम्बिनीदेखि रामग्राम चलाउनेगरी एशियाली विकास बैकले उक्त बस नेपाल सरकार पर्यटन मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

तर एडिबीसँगको सम्झौता विपरित तत्काल साझा यातयातको व्यवस्थापनमा काठमाडौंमै चल्नेगरी बिजुली बसको सुरुवात गरिँदा लुम्बिनीसँग सरोकारित व्यक्तित्व, संघसंस्था र पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । 
पर्यटन व्यवसायीहरुले लुम्बिनीकोलागी  आएको आयोजना परियोजना लुम्बिनीमा नै आउनुपर्ने बताएका छन् । लुम्बिनीको संग्रहलाय नजिकैं उक्त बस चार्ज गर्न करिब १२ करोडको लागतमा ठेक्का प्रक्रिया मार्फत चार्जिंग स्टेशन पनि निर्माण गरिदैंछ । जापनस्थित ईशाका कम्पनीले चालु वर्षको अन्तिम सम्म काम सम्पन्न गर्नेगरी  ३ महिना अगाडी उक्त कामको ठेक्का पाएको थियो । लुम्बिनी विकासका योजना प्रमुख सरोज भट्टाराईका अनुसार उक्त काम समयमै सकिनेगरी भईरहेको छ । 

एशियाली विकास बैंकले पर्यटन मन्त्रालयसँग सम्झौतागरी पाँचवटा बस दिएको हो । सम्झौता अनुसार लुम्बिनी विकास कोषले सञ्चालन गर्नेगरी ल्याइएको उक्त बसहरु साझा यातयातले हतार हतारमा काठमाडौंमा शुभारम्भ गरेर गल्ती गरेको नागरिक अगुवा विजय सागरले बताए  । 



लुम्बिनीलाई स्वच्छ वातवरण बनाउने ध्ययले ल्याइएको बिजुली बसहरु काठमाण्डौंमा लगेर शुभारम्भ गरिनु गलत भएको सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष सिपी श्रेष्ठले जनाए । उनले भने, ‘लुम्बिनीमा अन्य सवारी साधनले बायु प्रदुषण भयो भनेर दातृ निकायले बिजुली बस दिएको हो । ती बस तुरुन्त लुम्बिनीलाई केन्द्रमा राखेर सन्चालन गरिनु पर्दछ । ’ उनले भने ‘लुम्बिनीमै शुभारम्भ गरिनुपर्ने बिजुली बस काठमाण्डौंमा गरेर व्यवस्थापन गर्नेहरुले प्रधानमन्त्रीलाई समेत विवादमा ताने । अब ढिला नगरी ती बस लुम्बिनीमै ल्याई सञ्चालन गर्नुपर्दछ’

नेपाल एशोसियसन अफ टाभल एण्ड टुर एशोसियसन अफ नेपाल (नाट्टा) प्रदेश नम्बर ५ का अध्यक्ष विष्णु शर्माले यो घटनाले  पर्यटन व्यवसायीलाई अत्यन्तै दुखी बनाएको बताए । उनले भने ‘लुम्बिनीको नाममा हरेक ठुला परियोजना यसरी नै आफु अनुकुल प्रयोग गर्दै आएका छन् भन्ने तथ्यपरक देखिएको उदाहरण हो । अदृश्य त कति छन् कति । ’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।