शुक्रबार, वैशाख १४, २०८१

मलेसियाविरुद्ध टी-२० शृंखलाको उपाधि नेपाललाई

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

काठमाडौं- अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेट टीमले टी-२० शृंखलाको उपाधि जितेको छ। शृंखलाको पहिलो खेल हारेको नेपाल दोस्रो र तेस्रो खेल जित्दै जित नजिक पुगेको थियो।

triton college

चौथो खेलमा मलेसियाले नेपाललाई हराउँदै शृंखला बराबरी गरेको थियो। अन्तिम खेलमा नेपालले शानदार जित निकाल्दै शृंखला ३-२ ले आफ्नो पक्षमा पारेको हो।

शृंखलाको अन्तिम खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले निर्धारित २० ओभरमा १ सय १० रनको लक्ष्य पाएको थियो। जवाफमा दोस्रो इनिङमा नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेर शानदार जित निकाल्यो।

नेपालको जितमा ओपनर सीता राना मगरले सर्वाधिक ३४ रन जोडिन्। कप्तान रुविना क्षेत्री २३ रन जोडेर आउट हुँदा अप्सरी बेगम र ज्योति पाण्डे ११ रनमा अविजित रहे।

मलेसियाको बलिङमा ऐन्ना हाजिमाले दुई विकेट लिँदा माहिरा, विनिफर्ड, ऐस्या र नुरले समान एक विकेट लिए। पहिले ब्याटिङ गरेको मलेसियाका लागि वान जुलियाले सर्वाधिक ४७ रनको इनिङ खेलिन्। ओपनर विनिफर्डले २४ रन र माहिराले २० रन योगदान गरे । भने, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

corrent noodles
Metro Mart

नेपालको बलिङमा कविता जोशीले दुई र इश्वरी विष्टले एक विकेट लिए।

 

प्रकाशित: Jun 04, 2023| 12:16 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्