बिहीबार, साउन ७, २०८३

१०१ बर्षमा नागरिकताको प्रमाणपत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-डोटीमा १०१ बर्षीया एक महिलाले पहिलो पटक नेपाली नागरिकताको प्रमाण पत्र पाएकी छिन्।

डोटीको पुर्वी चौकी गाउपालिला-७ गाजरीकी जगुदेवि खड्काले जिल्ला प्रशासन कार्यालय सिलगढी मै पुगेर नागरिकताको प्रमाण पत्र लगेकि हुन् ।

उमेर १०१ वर्ष पुगे पनि स्वस्थ देखिने जगुदेविलाई प्रमुख जिल्ला अधिकारी यादव सुबेदीले नागरिकताको प्रमाण पत्र प्रदान गरे । उनलाई जन्मेको बेला ब्राम्हणले बनाएको चिनाका आधारमा बुबा मैपति कुवरका नामबाट नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । 

श्रीमान पहिले नै बितेको र हालसम्म चिना कै आधारमा बृद्ध भत्ता बुझ्ने गरेको उनले सुनाईन्। सबै काममा नागरिकता अनिवार्य हुने कुरा बुझे पछि छोरालाई कर गरेर नागरिकता बनाउन सदरमुकाम सिलगढी लग्न भनेको उनले सुनाईन्। 

उनका चार छोरा मध्य तीन बितिसकेका छन् भने एक तेजसिंङ खड्का मात्र छन् । उनैले गाडीमा राखेर सिलगढी पुर्‍याएका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।