बिहीबार, साउन ७, २०८३

एएफसी यू-१९ : नेपालले पाकिस्तानलार्इ ९-० ले हरायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एएफसी यू-१९ छनोट च्याम्पियनसिपमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९-० ले पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । 

थाईल्याण्डको चोनबरी रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा तीन गोल गरेको थियो भने दोस्रो हाफमा थप ६ गोल गर्न सफल भयो । नेपालको जितका लागि निशा थोकरले ह्याट्रिक गरिन भने मञ्जली योञ्जन, सम्झना लावती, एलिशा जिम्बा, पुजा राना र सरु लिम्बुले गोल गरेका थिए । 

खेलको दोस्रो मिनेटमा मञ्जली योञ्जनको गोलबाट नेपालले अग्रता लिएको थियो । त्यस्तै खेलको ३२ औ मिनेटमा सम्झना लावतीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । ३८ औ मिनेटमा एलिशा जिम्बाले नेपालका लागि तेस्रो गोल गरिन् । 

दोस्रो हाफमा नेपालले थप आक्रमक खेल पस्कियो । पाकिस्तानलाई खेल अवधिभर दबाबमा राखेको नेपालका लागि चौथो गोल पुजा रानाले गरिन् । ४८ औ मिनेटमा कर्नरबाट आएको बललाई उनले पोस्टको दिशा दिईन् । 

त्यसको ६ मिनेटपछि गोलकिपर बिट भएको अवस्थामा उनले ब्यक्तिगत दोस्रो गोल गरिन् । ५७ औ मिनेटमा निशा थोकरले सेकेन्ड बार च्याम्दै फ्रिकिकबाट गोल गरिन् । उनैले ७४ औ मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ७-० को स्थितीमा पुर्याएकी थिईन् ।

८५ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै निशाले ह्याट्रिक पुरा गरेकी थिईन् । खेल सकिन एक मिनेट बाँकी छदाँ कप्तान सरु लिम्बुले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाईन् । अघिल्लो खेलमा दुई गोल गरेकी रेखा पौडेलको स्थानमा एलिसा जिम्बालाई मैदान उतारेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।