बिहीबार, साउन ७, २०८३

भिमको अर्धशतकमा पोखरालाई १५१ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट अन्तर्गतको जारी खेलमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई जितका लागि १ सय ५१ रनको लक्ष्य सुम्पेको छ । बुटवलले भिम सार्कीको अर्धशतकको मद्दतमा पोखरालाई मध्यम लक्ष्य प्रस्तुत गरेको हो ।
 
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५० रन बनाएको हो । बुटवलका भिमले ४६ बलमा दुई चौका र तीन छक्ककाको मद्दतमा ५४ रन जोडे । 

त्यस्तै कप्तान सोमपाल कामीले ८ बलमा बिस्फेटक ब्याटिङ गर्दै दुई चौका र एक छक्काको मद्दतमा २२ रन जोडे । रोहन मुस्तफाले ४५ रन जोडे । उनले ३५ बल खेल्दै तीन चौका र दुई छक्काको मद्दतमा ४५ रन जोडे । 

सिद्धान्त लोहनिले १३ जोडेका हुन् । पेखराका लागि मोहमद नाभिदले दुई विकेट लिदाँ, महबुब आलम, ललितराज वंशी, शरद भेसवाकरले समान एक एक विकेट लिए । केही बेरमा पोखराले जवाफी ब्याटिङ गर्ने छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।