काठमाडौं-श्रीमती हत्या गरी फरार रहेका अनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ । उनले १८ वर्षीया श्रीमती लक्ष्मी परियारको हत्या गरेका थिए ।
१२ भदौमा काठमाडौको बसुन्धरा स्थित स्पिड गेष्ट हाउसमा लगेर श्रीमतीको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
कक्षा १२ मा पढदै गरेकी लक्ष्मीको हत्या गरी भागेका उनलाई प्रहरी अपराध महाशाखाको टोलीले पोखराको माछापुच्छ्रे टोलबाट पक्राउ गरेको हो।
प्रेम बिबाह गरेका अनिल खोटाङको बराह पोखरी मौवाबोटेका स्थानीय बासिन्दा हुन भने, लक्ष्मीको माइती धादिङ त्रिपुरा सन्दरीकी हो । काठमाडौंमै भेटेर विवाह बन्धनमा बाँधिएका उनीहरु पछिल्लो समय काठमाडौंमै बसोबास गर्दै आएका थिए ।
लक्ष्मीको घाँटी थिचेर हत्या गरिएको अवस्थामा १३ भदौमा उनको शव फेला परेको थियो । पक्राउ परेका अनिलले श्रीमती हत्याको आरोप स्वीकार गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४