काठमाडौं- नेपाल प्रहरीले शान्ति र स्थायित्वका ‘समुदाय-प्रहरी साझेदारी’कार्यक्रम सञ्चालन गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’भन्ने मूल नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा आइतबारबाट केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म एकैपटक सञ्चालन भएको हो।
गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरीले नयाँ अवधारणालाई अगाडि सारेको हो । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माण गरिनेछ ।
कार्यक्रम सात सय ५३ स्थानीय तहसम्म लैजाने गरी अगाडि बढाइएको छ । १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक प्रत्यक्ष संलग्न हुने प्रहरीले जनाएको छ । प्रहरीले परिणाममुखी काम गर्ने योजनाका साथ नयाँ अवधारणा ल्याएकाले सम्बन्धित मन्त्रालय र स्थानीय तहबाट आवश्यक सहयोगको लागि अनुरोध समेत गरेको छ ।
भृकुटीमण्डवमा आइतबार उद्घाटन भएको ‘समुदाय-प्रहरी साझेदारी’कार्यक्रमका तस्बिर हेर्नुहोस्

प्रहरी साझेदारी’कार्यक्रमका १० तस्बिर हेर्नुहोस्






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४