बिहीबार, साउन ७, २०८३

धनगढीको पहिलो जित, विराटनगरको लगातार दोस्रो हार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत धनगढी ब्लुजले आफ्नो पहिलो जित निकालेको छ । आफ्नो दोस्रो खेलमा विराटनगर टाईटन्सलाई ७८ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । 

धनगढीले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.४ ओभरमा सबै विकेट गुमाउदै मात्र १०४ रन बनाउन सक्यो । विराटनगरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा विराटनगर पोखरा पल्टनसंग ५८ रनले पराजित भएको थियो ।  


विराटनगर २ खेलबाट सुन्य अंकसहित लिगको पुछारमा छ । विराटनगरका लागि सुनिल धमलाले २१ रन जोड्दा, एन्ड्रयु शुबिक्सनले १८ र मुहमद जाइद अलिले १९ रन जोडे । त्यस्तै कप्तान सन्दिप लामिछानेले १० रन जोड्ना बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । धनगढीका डान लरेन्सले ३ विकेट लिदा दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए । 

यसअघि धनगढीका लागि पेटर ट्रेगोले अर्धसतकिय पारी खेले । तेस्रो नम्बरमा मैदान प्रवेश गरेका पेटर र सौरभ खनालले निकै नै घातर प्रहार गरेको थिए । पेटरले ३८ बल खेल्दै दुई चौका र चार छक्काको मद्दतमा ५३ रन जोडे भने खनालले १३ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा ४१ रन जोडेका थिए । 


त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले २९ रन जोडे उनले १९ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरेका थिए । धनगढीका लागि अन्य ब्याट्सम्यान सन्दिप जोराले १२ र रोबिन श्रेत्रीले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेन । 

विराटनगरका लागि जितेन्द्र मुखियाले ४, किसोर महतो, कप्तान सन्दिप, सुनिल धमला र मुहमद जाइद आलमले समान एक एक विकेट लिएका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।