बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झनै बढ्यो बलात्कार : निर्मलाको हत्यापछि ३९८ चेली बलात्कृत

झनै बढ्यो बलात्कार : निर्मलाको हत्यापछि ३९८ चेली बलात्कृत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिनाको बीचमा ३ सय ९८ महिला तथा किशोरी बलात्कृत भएका छन् ।

यहि समयमा १ सय ८८ जनामाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । यो संख्या अघिल्लो वर्षको सोहि अवधीमा भएको बलात्कार भन्दा करिब दोब्बरले बढि हो । 

प्रहरी प्रधान कार्यालयले दिएको तथ्याङ अनुसार हरेक वर्ष १२ देखि १५ सय महिला तथा किशोरीहरु बलात्कारको शिकार हुने गरेका छन् । हरेक वर्ष बलात्कारको 'रेसियो' पनि बढेको तथ्याङ्कले देखाएको छ । पछिल्लो तीनवर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष अघिल्लो वर्षको तुलनामा एकदेखि दुईसय जना बढी छोरी चेली बलात्कारको शिकार भएका छन् । 

तथ्याङअनुसार आर्थिक बर्ष ०७२/०७३ मा १ हजार ९३ जना महिला, किशोरि तथा बलिका बलात्कृत भएका थिए भने ४ सय ५० जनामाथि बलात्कारको प्रयास भएको थियो । त्यस्तै आर्थिक बर्ष ०७३/०७४ मा  १ हजार १ सय ३७ बलात्कृत भएका छन भने ५ सय ३१ ज्नामाथि बलात्कारको प्रयास भएको छ । आर्थिक बर्ष ०७४/०७५ मा यो रेसियो बढेर १ हजार ४ सय ८० जना बलात्कारको शिकार भएका छन । यहि अवधीमा ७ सय २७ जनामाथि बलात्कारको प्रयास भएको छ । 

पछिल्लो समय कञ्चनपुरकी किशोरि निर्मला पन्तको बलात्कार र हत्यापछी मात्र ३९८ जना बलात्कृत भएका छन भने १८८ जनामाथि बलात्कारको प्रयास भएको छ । कञ्चनपुरमा मात्रै एक दर्जन महिला तथा किशोरीमाथि बलात्कृत भएका छन् । यो त प्रहरमिा आएको उजुरी मात्रै हो । प्रहरी समक्ष नआएका यस्ता घटना उतिनै मात्रामा रहेको महिला अधिकारकर्मीहरु बताउँछन् । 

यसरी बलात्कारका घटना बढ्नुमा बलात्कारीमाथि कडा कारबाही नहुनु मुख्य कारण भएको उनीहरुको दावी छ । तर, यो स्विकार्न तयार देखिदैन् । यस्ता घटना सार्वजनिक गर्ने र उजुरी गर्ने क्रम बढेकाले बलात्कार बढेको जस्तो देखिएको प्रहरी प्रवक्ता उतमराज सुवेदी दाबी गर्छन् । उनी भन्छन्– 'बलात्कारीमाथि कारबाही नभएको वा पक्राउ नपरेको भन्ने कारण होइन, पहिलाका तुलनामा बलात्कृत महिला वा परिवारले प्रहरीमा उजुरी दिने र घटना सार्वजनिक गर्ने क्रम बढेकोले यो ग्राफ बढेको हो ।' 

प्रहरी प्रवक्ता सुवेदीका अनुसार बलात्कार बढेपनी बलात्कार भएका घटनामध्ये ८० प्रतिशतलाई पक्राउ र कारबाही  गर्न प्रहरी सफल भएको छ । 'केहि घटनाका अभियुक्तहरु पक्राउ गर्न नसकेको सत्य हो, तर यसैलाई आधार मानेर प्रहरीले बलात्कारी पक्राउ गर्न सकेन भन्नु गलत हुन्छ ।' उनले भने । 

तर, महिला अधिकारकर्मीहरु भने प्रहरी निर्मला जस्ता धेरै किशोरीको हत्यारा पत्ता लगाउन र कडा कारबाही गर्न नसकेकै कारण बलात्कार घटना झन बढेको दाबी गर्छन् । अधिकारकर्मी मिना भण्डारी बलात्कारीलाई संरक्षण गर्ने र पक्राउ भएपनि खासै ठूलो कारबाही नहुने क्रम नरोकिएसम्म बलात्कारका घटनामा कमि नआउने बताउँछिन् । निर्मलाको हत्यारा अहिलेसम्म पक्राउ गर्न नसकेकै कारण बलात्कारीको मनोबल बढेको र करिब चारसय चेलीहरु बलात्कृत हुनु परेको उनको भनाइ छ । 

उनले प्रश्न गरिन- 'निर्मला हत्याको अनुसन्धान किन अहिलेसम्म शुन्यमा छ ? किन बर्खास्त गरिएका प्रहरीलाई हिरासतामा लिएर अनुसन्धान गर्न सकिएको छैन ? यस्तै कारणले बलात्कारीको मनोबल बढेको हो ।' निर्मला जस्ता चेलीहरुले न्याय नपाएसम्म बलात्कारीहरुको मनोबल झनै बढ्दै जाने उनको दाबी छ । 

कहाँ पुग्यो निर्मला हत्याको अनुसन्धान ? 

निर्मला पन्तको हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धी शून्य रहेको छ। 

प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारद्वारा गठित उच्च स्तरिय छानबिन समितीको छानबिन प्रतिबेदनले शंकास्पद देखाएका सबै व्यक्तिसँग गरिएको सोधपुछबाट अहिलेसम्म ठोस तथ्य फेला पर्न सकेको छैन ।अहिले सम्म नयाँ कुनै तथ्य फेला नपारेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

बिभिन्न कोणबाट अनुसन्धान गरिए पनि नयाँ तथ्य फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी कृष्ण ओझाले बताउँछन् । अझै गहिरिएर र साधुरो तवरले अनुसन्धान गर्ने काम भइरहेको तर, हत्याको बारे नयाँ क्लु केहि नभेटिएको उनले जानकारी दिए । 

प्रहरी प्रवक्ता ओझाका अनुसार अहिलेसम्म प्रहरीले शंकाको घेरामा रहेका डेढ सयभन्दा बढीलाई सोधपुछ गरिसकेको छ । शंकास्पद बिभिन्न व्यक्तीलाई निगरानीमा राखेर अनुसन्धान गरिराखेको पनि उनले जानकारी दिए । छैन। प्रहरी नियन्त्रणमा अहिले कोही नभए पनि बिभिन्न कोणले अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । अहिलेसम्मका अनुसन्धानबाट निर्मला हत्याको ठोस प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ। 

अनुसन्धान र छानविनका लागि सातवटा टोली बनेपनि त्यसले अपराधी पत्ता लगाउन नसके पछि अहिले नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोग मागेको छ।

महेन्द्रनगरको ओपेरा होटेलमा सिसिक्यामेराको डिलेट भएको भिडियो रिकभर गर्नका लागि इन्टरपोलसंग सहयोग मागेको हो । उक्त होटलमा बर्खास्त भएका एसपी बिष्टका छोरा किरणले केही युवतीको फोटोसुट गरेका थिए। स्थानीय बासिन्दाले निर्मला पनि त्यस दिन होटेलमा गएको हुन सक्ने आशंका गरेका छन्। यो भिडियो रिकभर भए नयाँ तथ्य खुल्न सक्ने प्रहरीको अनुमान छ । 

निर्मला हत्याको प्रमाण नष्ट गरेको भन्दै गृहमन्त्रालयले कञ्चनुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र इन्स्पेक्टर जगदिशप्रसाद भट्टलाई सेवाबाट बर्खास्त गरेको छ । अनुसन्धानका लागि अहिलेसम्म प्रहरीले शंकास्पद ५ जनाको डिएन परिक्षण गरिसकेको छ। तर अहिलेसम्म  भएका  यी  अनुसन्धान र सोधपुछबाट प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।