बिहीबार, साउन ७, २०८३

लोकसेवा आयोगको नयाँ कार्यतालिका सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारको आग्रहबमोजिम लोकसेवा आयोगले वार्षिक कार्यातालिका परिवर्तन गरेको छ । निजामती सेवाको विभिन्न पदमा रिक्त दरबन्दीमा पदपूर्तिका लागि विज्ञापन गर्ने समयावधी हेरफेर गर्दै कार्यतालिका परिवर्तन गरेको हो । 

परिवर्तित कार्यतालिका अनुसार आयोगले सहसचिव, उपसचिव तथा एघारौँ र नवौँ तहमा पदपूर्तिको विज्ञापन मंसिर अन्तिम साताको बुधबार प्रकाशित गर्ने भएको छ। यसअघि असोजमा लोकसेवा आयोगले यो विज्ञान प्रकाशित गथ्र्यो । सरकारले कर्मचारी समायोजन गर्न नसकेकै कारण विज्ञापन दुई महिना पर सार्न आग्रह गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दीको विवरण दिन सकेको छैन्  । सरकारले रिक्त दरबन्दीको विवरणसहित आयोगसँग कर्मचारी माग गर्ने र आयोगले हरेक वर्ष खुल्ला विज्ञापनमार्फत कर्मचारी भर्ना गर्दै आएको थियो । 

तर, प्रदेश र स्थानीय तहको सेवा ऐन नबनी कर्मचारी समायोजन गर्न नसकिने, कर्मचारी समायोजन नभएसम्म कुन पदमा कति दरबन्दी रिक्त छ भन्ने यकिन नहुँदा लोकसेवा आयोगले विज्ञापन प्रकाशित गर्ने कार्यतालिका परिवर्तन भएको हो । 

आयोगको नियमित कार्यातालिकाअनुसार हरेक वर्ष असोजको अन्तिम बुधबारबाट रिक्त रहेको दरबन्दीमा पदपूर्तिका लागि विज्ञापन प्रकाशित गर्दै आएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।