बुधबार, भदौ ११, २०८२

डडेल्धुरामा बाख्रा चराउन गएकी बालिका मृत फेला

 |  बुधबार, जेठ १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

vianetvianet

डडेल्धुरामा बाख्रा चराउन गएकी १० वर्षीया बालिका मृत भेटिएकी छन्। कक्षा ३ मा पढ्ने सानु बिक मृत फेला परेकी हुन्।

Kumaribank

नवदुर्गा गाउँपालिका–५ लम्पाटीकी सानु गोठालो गएकी थिइन्। सदाझैं विद्यालयबाट फर्किएर बाख्रा चराउन जंगल गएकी सानु हिजो (मंगलबार) भने घर फर्किनन्।

साँझसम्म पनि घर नआएपछि आफन्तले उनको खोजी गरे। सानुका बुबा रोजगारीको सिलसिलामा भारतमा भएकाले उनकी आमा, दाजुदिदीले खोजी कार्यका लागि प्रहरीको सहयोग मागे। खोजी गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले बुधबार उनको शव घरभन्दा एक किलोमिटर टाढा फेला पारेको थियो। 

बुधबार बिहान ६ बजेतिर सानुको शव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मुचुल्काको काम सिध्याएर अहिले डडेल्धुरा अस्पतालमा शवको पोस्टमार्टम भइरहेको छ।
पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युबारे थप खुल्ने प्रहरीले बताएको छ।

मृतकका आफन्तले हत्याको आशंका गरेका छन्। अमलाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको शव जमिनमै पल्टिएको र घाँटीमा बाँधिएको डोरी खुकुलो भएका कारण सानुले आत्महत्या गरेको भन्नेमा विश्वास नलागेको काका पर्ने भीम विकले बताएका छन्।  
 

Metro Mart

प्रकाशित: May 31, 2023| 18:27 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

भूगर्भविद् लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जान सक्ने बताउँछन्।
खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

हिजो दिउँसो दुइटा ठूला र अन्य थुप्रै ससाना झट्का महसुस भएको थियो।