बिहीबार, पुस १७, २०८२
  • गृहपृष्ठ
  • कोशी
  • कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग

कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

National life
Laxmi sunrise bank

कोशी प्रदेशका पक्षमा मतदान गरेको मुख्य विपक्षी दल नेपाली कांग्रेसका १४  जना जिल्ला सभापतिहरूले बुधबार संयुक्त विज्ञप्ति निकालेर नाममा पुर्नविचार गर्न माग गरेका छन्। प्रदेशका सबै जिल्ला सभापतिहरूले विज्ञप्तिमार्फत पहिचानवादी आन्दोलनप्रति दमनमा नउत्रिन पनि माग गरेका छन्। 

फागुन १७ मा कोशी प्रदेश सभाले प्रदेशको नामकरण गरेको थियो। त्यसपछि प्रदेशमा पहिचानको पक्षमा आन्दोलन उठेको थियो। ‘प्रदेशसभाले कोशी नाम राखेपछि जनताको ठूलो तप्काले अहिले विरोध गरिरहेको छ। यो विरोधको सुनुवाई नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ सभापतिहरूले विज्ञप्तिमा भनेका छन्।

बीपी कोइरालाकै पालादेखि कांग्रेस समावेशीकरण र पहिचानको पक्षमा उभिएको बताउँदै सभापतिहरूले भनेका छन्, ‘अहिले प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता हामीले देखेका छौं।’

प्रकाशित: May 31, 2023| 13:37 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्