बिहीबार, साउन ७, २०८३

कांग्रेसको महासमिति बैठक भृकुटीमण्डपमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

कांग्रेस पदाधिकारी तथा उपत्यकाका तीनै जिल्लाका पार्टीका कार्यसमितिहरूको शनिबार बसेको संयुक्त बैठकले महासमिति बैठक मंसिर ५ देखि ९ सम्म भृकुटीमण्डपमा गर्ने निर्णय गरेको हो । 

कांग्रेसले यसअघि नै मंसिर ५ देखि ९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो भने स्थान तोकेको थिएन । शनिबारको बैठकले स्थान समेत तोक्दै महासमिति बैठकलाई भव्य रूपमा सम्पन्न गर्न तयारी समिति समेत गठन गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । 

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खडका, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवलगायत सहभागी थिए ।

यस्तै शनिबारको बैठकले कात्तिक १६ गते हुने चियापानलाई भब्य बनाउने गरी तयारी थाल्ने पनि निर्णय गरेको छ । कांग्रेसले दशैं, तिहार, छठ र नेपाल संवतको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न कात्तिक १६ गते पार्टी कार्यालय सानेपामा चियापान कार्यक्रम गर्दैछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।