बिहीबार, साउन ७, २०८३

आजका अखबार : काठमाडौंका सडकहरुमा एम्बुस !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

सबैजसो पत्रिकाले सत्तारुढ दल नेकपाले आयोजना गरेको चियापान कार्यक्रमको तस्विरलाई प्राथमिकताका साथ छापेका छन् भने केहि यो सम्बन्धी खबरलाई पनि प्राथमिकतामा पारेका छन् । आजको नयाँ पत्रिकाले भने नेकपाको आयोजनामा राजनीतिक जमघट शीर्षकमा मुख्य समाचार छापेको छ । 

यसैगरि नयाँ पत्रिकाले कोषाध्यक्षको प्रतिवादबीच कांग्रेस कोषबाट रकम निकासा शीर्षकमा प्रमुख खबर लेखेको छ । कोषाध्यक्ष सीतादेवी यादवले असहमती जनाउँदा जनाउँदै कोषबाट ५० लाख निकालिएको समाचारमा जनाइएको छ । यसअघि निकालिएको डेढ करोडको खर्च अपारदर्शी भएको कोषाध्यक्ष यादवको गुनासो छ । 

आजको कान्तिपुरले गृहमन्त्रालयले तत्काललाई कार्यकारी आदेशमार्फत प्रदेशलाई प्रहरी प्रशासन परिचालनको अधिकार दिने तयारी गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।  यस्तै, लापरबाहीले लियो ज्यान शीर्षकमा कान्तिपुरले मुख्य समाचार प्रकाशित गरेको छ ।

केयूकेएलले कीर्तिपुरको सडकमा पानीको स्ल्याव खुल्लै छाड्दा खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ भने काभ्रेमा असरल्ल रहेको विजुलीको तार छल्न खोज्दा प्रहरीका डिआइजी, पत्रकारसहित ३ जनाको मृत्यु भएको कान्तिपुरले लेखेको छ ।

यसै विषयलाई अन्नपूर्णले पनि मुख्य समाचार बनाउँदै महानगरका धराप सडक शीर्षकमा खबर छापेको छ । यस्तै भाषा संग्रहालय बन्दै शीर्षकको खबरलाई पनि महत्वका साथ छापेको छ । 

महानगरका धराप सडक

प्रधानमन्त्री भएलगत्तै केपी ओलीको घोषणा थियो–‘खाल्डाखुल्डीमा परेर अब कसैले ज्यान गुमाउनुपर्ने छैन।’ प्रधानमन्त्री ओलीले हरेकजसो भाषणमा खाल्डाखुल्डी पुर्ने प्रतिबद्धता दोहोर्‍याएका हुन्छन्। यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उपत्यकाभित्रका सबै खाडल पुर्न पटकपटक निर्देशन दिएका थिए।

शनिबार कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडि रहेको खुला मंगालमा परी डल्लुका ३८ बर्से श्यामसुन्दर श्रेष्ठको ज्यान गयो। अँध्यारोका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ। उनको काठमाडौैं उपत्यका खानेपानी लिमिटेडको ‘भल्भलिंक’ निकालिएको स्लाबबाट खसेर गएराति मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी अनिलकुमार खड्काले बताए।

स्थानीयले खबर गरेपछि बिहान ६ बजे पुगेर प्रहरीले श्रेष्ठको शव खाडलबाट निकालेको थियो। ‘हामीले बिहान ६ बजे मात्रै घटनाबारे थाहा पायौं, त्यहाँ पुग्दा श्रेष्ठको मृत्यु भइसकेको थियो’, डीएसपी खड्काले भने।

केयूकेएलको लापरवाहीले यस्तो घटना भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बताए। ‘खानेपानीको पाइप लाइनको चाबी बेलाबेला खोल्नुपर्ने रहेछ, तर काम सकेपछि खाल्डो नपुर्दा दुर्घटना भयो’, महर्जनले भने। घटनालाई नगरपालिकाले गम्भीर रूपमा लिएको पनि उनले बताए। ‘अहिलेलाई त त्यो खाल्डो छोपियो। फेरि भोलि त्यस्तो घटना नहोस् भन्नेमा गम्भीर छौं। यो विषयमा नगरपालिकाले भोलि नै छलफल गर्छ’, उनले भने।

आजको अन्नपूर्णमा प्रकाशित समाचार अनुसार मेलम्ची र केयूकेएलका पाइप अव्यवस्थित रहेका कारण जोखिम बढ्दो छ। खानेपानी, ढल निकास, विद्युत् र टेलिकमले खनेका खाडल त्यसै छाड्दा घटना हुने गरेका सडक विभागले गुनासो गरेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।