बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किर्तिपुर-बल्खु सडकमा पासो, एक साइकल यात्रुको ज्‍यान गयो

किर्तिपुर-बल्खु सडकमा पासो, एक साइकल यात्रुको ज्‍यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं -  काठमाडौं अधिकांश बाटाहरुमा ज्यानमारा पासोहरु थापिएका छन्। अनेक सपना बोकेर गन्तव्य हिडेका यात्रुले बीच सडकमा थापिएका पासोहरुमा परेर ज्यान गुमाउनु परेको तितो यथार्थ हामी सामु छ। 

शनिबार बिहान किर्तिपुर-बल्खु सडकखण्डको ल्याबरेटरी स्कूलको दक्षिणपट्टीको सडकमा परेको खाल्डोमा परी एक जना साइकल यात्रुले ज्यान गुमाए। ज्‍यान गुमाउनेमा काठमाडौं महानगरपालिका-१५ चागल बस्ने ३८ वर्षीय श्याम श्रेष्ठ रहेका छन्।   

सडक छेउमा खुल्ला रहेको ढलको खाल्डोमा ती यात्री साइकलसहित खसेका थिए। स्थानीयबासिन्दाले मानिस ढलमा परेको जानकारी दिएपछि गएको प्रहरीले उनलाई ढलबाट निकालेको थियो। शनिवार बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको सई झाले जानकारी दिए।

प्रहरीका अनुसार बिहान झिसमिसेमा साइकलमा रहेका उनले खाल्डो नदेखेपछि दुर्घटना भएको हो। 

पटक–पटक स्थानीय नागरिकले सडकमा खुला रुपमा रहेको ढल व्यवस्थापन गर्न आग्रह गर्दै आए पनि सरोकारवाला निकायले वेवास्ता गर्दै आएका छन्। सडकमै रहेको ढलमा ढक्कन नलगाउँदा पासो थापेझैँ भएको स्थानीयले आरोप लगाएका छन्।

यसअघि पनि काठमाडौंका काठमाडौंको नेपालटार र सामाखुसीमा दुई जना स्कुले बालिकाको सडकमा रहेको अव्यवस्थित ढलमा परेर ज्यान गुमाएकी थिइन्। अन्य ट्रक जिपजस्ता सवारीसाधनको त कुनै लेखाजोखा नै छैन। 

सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा लगाइँरहदा उता जनताभने यसरी बीच सडकमै थापिएका पासोमा परेर दैनिक ज्यान गुमाउन बाध्य छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।