बिहीबार, साउन ७, २०८३

पीपीएल टी-२० : काठमाडौंसँग धनगढी १७ रनले पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत शनिबर भएको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई १७ रनले पराजित गरेको छ । जितका लागि १ सय ८१ रनको लक्ष्य पाएको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६३ रन मात्र बनाउन सक्यो ।

दिपेन्द्र सिंह ऐरीले अर्धसतकिय पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् । उनले ४२ बल खेल्दै तीन चौका र तीन छक्काको मद्दतमा ५४ रन जोडेका थिए । धनगढीका लागि पाँचौ नम्बरमा मैदानमा आएका सन्दिप जोराले निकैनै आक्रमक ब्याटिङ गरेका थिए । 


उनले ११ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै २७ रन जोडेर धनगढीको पारी उकास्ने प्रयाश गरेका थिए । तर, उनी अमरसिंह रौटेलाको बलमा क्याच आउट हुन पुगे । त्यस्तै पेटर ट्रेगो १९, सौरभ खनालले १७, सन्दिप सुनुवारले ११, दिलिप नाथले १० रन जोडे । 

काठमाडौंका लागि सुसान्त भारीले र बसन्त रेग्मीले समान दुई विकेट लिए । त्यस्तै नन्दन कुमार यादव, गौरभ तोमर र अमरसिंह रौटेलाले समान एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंका लागि बिदेशी खेलाडी गौरभ तोमरले अर्धसतकिय पारी खेले । उनि सतक प्रहार गर्नबाट ५ रनले चुकेका थिए । उनले ४४ बलमा चार चौका र १० छक्काको मद्दतले ९५ रन जोडेका थिए । 


त्यस्तै नरेश बुढाएरले अवजित ३६ रनको पारी खेले । उनले २४ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३६ रन जोडे । जयकिसन कोल्सावालाले २५ र अमित श्रेष्ठले १२ रन जोडेका थिए । 

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरी, पेटर ट्रेगो र सागर ढकालले समान एक एक विकेट लिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।