काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा शनिबार आयोजना गरेको चियापान कार्यक्रमको शुभारम्भ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।
शुभारम्भ कार्यक्रममा बोल्दै चाडपर्वको अवसरमा कुनै राजनीतिक कार्यक्रम नभए पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधताले भरिपूर्ण राष्ट्र भएको जनाउँदै विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता तथा समझदारी र सहकार्यलाई जोड दिनुपर्ने उनले बताए।
उनल भने, ‘नेपालीले मनाउँदै आएका चाडबाड र सांस्कृतिक पर्वका अवसरमा ऐतिहासिक परम्परा तथा संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्नु र समयानुकूल रूपान्तरण गर्दै जानु आजका दिनमा राज्य र पार्टीका दायित्व हो।
नेकपा शिर्ष नेताहरु भृकुटीमण्डपको बगैंचास्थित गेट अघि लामबद्ध भएर अतिथिको स्वागत गरिरहेका छन्।









प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४