बिहीबार, साउन ७, २०८३

पर्यटकको मुख्य गन्तब्य हिलस्टेशन पाल्पा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पाल्पा-तानसेन बजार सुन्दर हिल स्टेसन हो । पुरातात्विक सम्पदा, करुवा, ढाका र सांस्कृतिक महत्वको ठाउँ हो यो । बुटवलदेखि उवाडखबाड सिद्धबाबाको यात्रा तय गरेको करिब सवा घन्टामै सुन्दर शहर पाल्पा पुग्न सकिन्छ। यो शहरलाई पर्यटकीय रुटमा नेपालकै प्रमुख हिलस्टेशनको रुपमा राज्यले विकास गर्न सकेमा फलदायी हुने विज्ञहरुले बारम्बार सुझावसमेत दिने गरेका छन् । तानसेन बजारको सौन्दर्यतासँगै तानसेन पश्चिममा रहेको बल्डेङगढीबाट दक्षिणमा लुम्बिनी र उत्तरमा हिमालय शृंखलाको अवलोकन गर्न सकिन्छ ।  

पाल्पामै पर्ने रानीमहललाई नेपालको ताजमहल पनि मानिन्छ । यो महललाई प्रेमको विम्बका रूपमा समेत बुझ्ने गरिएको छ । रुरु र रिडी क्षेत्र पनि हिन्दुहरूका पवित्र धार्मिक स्थल हुन् । श्रीनगर भ्युटावर, नुवाकोट, अमरनारायण मन्दिर, झ्यांग्ला गाउँ, भगवती स्थल, सुकेताल, सृजना फार्म, राम्दीघाट, केलादी, सत्यवती स्थल पाल्पाका पर्यटकीय स्थल हुन् । 

हिल स्टेशनको रुपमा परिचित तानसेन बतासे क्षेत्रलाई सबै मौसममा पर्यटक आउन सक्नेगरी विकास गर्न सकिने उक्त कार्यक्रमका सहभागीले जोड दिएका थिए । पाल्पा जिल्लाको पर्यटन विकासकोलागी  वि.सं २०७२-२०७७ (सन् २०१५) को दृष्टिकोण तथा मुख्य कार्यक्रमहरु सहित योजना बनेको  भएता पनि त्यो त्यति प्रभावकारी हुन सकेन  । यद्यपी फेरी पनि पाल्पालाई केन्द्रमा राखेर धेरै पर्यटन योजनाहरु संघ र प्रदेश सरकारले पनि प्रस्ताव गरेका छन् । प्रदेश सरकारले पाल्पा दरबारलाई संग्राहलय बनाउनेगरी बजेट समेत प्रस्ताव गरेको छ । 

यसैबीच पाल्पा जिल्लाको समृद्धिको आधार पर्यटन भएको निश्कर्ष एक कार्यक्रममा सहभागीले निकालेका छन् । पर्यटन प्रबद्र्धनकोलागी पाल्पामा नेपाल पर्यटन पत्रकार महासंघको आयोजनामा आयोजित अतिथि देवो भव कार्यक्रमका सहभागीले यस्तो निश्कर्ष निकालेका हुन । 

जिल्ला स्तरीय उक्त साक्षात्कार कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तुलबहादुर घर्ति बसन्तले प्राकृतिक, सास्कृतिक र धार्मिक एवं ऐतिहासीक महत्वको पहाडी जिल्ला पाल्पाको पर्यटन प्रबद्र्धनमा सबैको सहकार्य जरुरी रहेको बताए ।

तानसेन नगरपालिकाका प्रमुख अशोक शाहिले पाल्पालाई व्यवस्थित र योजनाबद्ध ढंगले विकास गर्ने तर्फ सबै स्थानीय सरकार अग्रसर भईरहेको जनाउदैं पत्रकार र नागरिक समाजले विशेष सहयोग गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले पाल्पाको विकासले सिंगो प्रदेशलाई सन्देश दिने हुदां सबै मिलेर पर्यटन विकासमा लाग्नुपर्ने बताए ।

नेपाल पर्यटन पत्रकार महासंघका अध्यक्ष धनिराम शर्मा क्रृतुविचारले समृद्धिकोलागी सञ्चार अभियान अन्र्तगत पाल्पामा कार्यक्रम गरिएको जानकारी गराए । उक्त कार्यक्रममा ईतिहासकार निर्मल श्रेष्ठले पाल्पाको ऐतिहासीकता विश्वकै उदाहरणीय भएको जनाउदैं त्यसलाई संरक्षण र प्रबद्र्धनको जरुरी रहेको बताए ।

नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रिय सदस्य सन्तोष बस्याल, नेपाल पर्यटन पत्रकार महासंघ ५ नम्बर प्रदेश अध्यक्ष भुवन कार्कि, प्रदेश सदस्य गोमा भट्टराई,  नेपाल होमस्टे केन्द्रिय उपाध्यक्ष धनिश्वर बस्याल, होटल व्यवसायी संघ पाल्पाका अध्यक्ष जिवलाल अर्याल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश अर्याल, पत्रकार माधब अर्याल, नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देही अध्यक्ष नरेश के.सी., गेट अफ पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । 

उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले  पाल्पाको समृद्धिको आधार पर्यटन क्षेत्रको पुर्वाधारको विकास भएको बताउदैं संघ, प्रदेश र स्थानिय सरकारले पुर्वाधार विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।