बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भण्डारी विवेकशील साझा पार्टीको गण्डकी प्रदेश संयोजक चयन

भण्डारी विवेकशील साझा पार्टीको गण्डकी प्रदेश संयोजक चयन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पोखरा- विवेकशील साझा पार्टीको गण्डकी प्रदेशको संयोजकमा युवा व्यवसायी तथा संचारकर्मी महेश भण्डारीलाई चयन भएका छन् । 

शनिबार पोखराको उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमकाबीच भण्डारीलाई पार्टीले गण्डकी संयोजक नियुक्त भएको घोषणा गरिएको हो । कार्यक्रममा पार्टीका संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले पार्टीको परम्परा अनुरुप मातृभूमी (माटो)को टिका लगाएर भण्डारीलाई पार्टीको गण्डकी प्रदेश संयोजक घोषणा गरेका थिए। 

महेश भण्डारी गण्डकी क्षेत्रको लोकप्रीय एफएम स्टेशन बिग एफएमका सञ्चालक हुन् । उनले राजनीतिक, सामाजिक र शैक्षिक विषयहरुमा विश्लेषणहरु लेख्ने गरेका छन् ।

स्पष्ट र सशक्त वक्ताको रुपमा परिचित भण्डारीले विवेकशील साझा पार्टी निर्माणका क्रममा गण्डकी प्रदेश संयोजकको महत्वपूर्ण भूमिकाको जिम्मेवारी दिईएकोमा खुशी व्यक्त गर्दै गण्डकी प्रदेशलाई राजनीतिक रुपमा नमूना प्रदेश बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । 

महेश भण्डारीजस्तो इमान्दार, दृढ, स्पष्ट र समाज रुपान्तरणको प्रतिबद्धताले पूर्ण युवा गण्डकी जस्तो महत्वपूर्ण प्रदेशको नेतृत्वमा पाउनु विवेकशील साझा पार्टीको लागि गर्वको विषय भएको संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले बताए । 

एकै पुस्ताभित्र नेपालको रुपान्तरण गर्ने अठोटका साथ एक बर्षभन्दा केहि अगाडि स्थापना भएको विवेकशील साझा पार्टीलाई आम रुपमा मूलधारका पार्टीहरुको सशक्त विकल्पको रुपमा हेर्न थालिएको छ । 

पार्टीले सुदुरपश्चिम, कर्णाली, प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ का संयोजकहरुको घोषणा गरिसकेको छ । छिट्टै प्रदेश नम्बर १ र २ मा पनि नेतृत्व चयन गरिने प्रवक्ता डा.सुर्यराज आचार्यले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।