बिहीबार, साउन ७, २०८३

पीपीएल टी-२० : चितवनलाई जितका लागि १३६ रनको लक्ष्य 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गतको जारी खेलमा बुटवल ब्लास्टर्लले चितवन राइनोजलाई जितका लागि १ सय ३६ रनको लक्ष्य सुम्पेको छ । सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन मात्र बनाउन सक्यो ।
 
खराबी सुवात गरेको बुटवलका लागि शंकर राना र सागर पुनको जोडीले बुटवलको पारी उकासेका थिए । १६ रन जोड्दा बुटवलले आफ्ना सुरुवाती तीन विकेट गुमाउन पुगेको थियो । त्यस पछि मैदान प्रवेश गरेका शंकरले सागरलाई साथ दिदै बुटवलको पारी उकासेका थिए । 

शंकरले बुटवलका लागि ४८ रनको पारी खेले । उनले ४१ बल खेल्दै ४८ रन जोडेका हुन् । त्यस्तै सागर पुनले पिन समान ४६ रन जोडे । उनले ४८ बल खेल्दै ४६ रन जोडेका हुन् । 

सिद्धान्त लोहनी १७ रनमा अविजित रहे । उनले १५ बल खेल्दै १७ रन जोडेर अिविजत रहेका हुन् । कप्तान सोमपाल कामीले दुर्इ बल खेल्दै ६ रन जोडे । तर सुरुवाती तीन अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन् । ओपनर चिराग सुरी १ तथा भीन सार्की २ रनमा पभेलियन फर्किए । रोहन मुस्ताफा शुन्य रनमा आउट भए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले आफ्नो स्पेलको पहिलो ओभरको पाँचौ र छैटौ बलमा चिराग सुरी र रोहन मुस्ताफालाई लगातार आउट गरेका थिए । रामनरेश गिरी र शक्ति गौचनले समान १ विकेट लिए । अब केही बेरमा चितवनले जवाफी ब्याटिङ गर्ने छ ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।