बिहीबार, साउन ७, २०८३

नेकपाको चियापान, १२ बजेदेखि ५ बजेसम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी नेकपाले चार्डपर्वलार्इ लक्षित गर्दै शनिबार चियापान कार्यक्रम आयोजना गरेको छ । दिउँसो १२ बजेदेखि शुरु हुने चियापान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने नेकपा सचिवालयले जनाएको छ । 

दशैं, तिहार, नेपाल सम्वत ११६९ र छठको अवसरमा आयोजित चियापान कार्यक्रमको स्थान भृकुटीमण्डपस्थित बगैँचालार्इ तयार पारिएको छ । बिहानैदेखि कार्यक्रमस्थलमा नेकपाका कार्यकर्ता भेला भएका छन् ।

चियापान कार्यक्रममा ३५ हजार सहभागी हुने अपेक्षा गरिएको छ। नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार पार्टीले ५० हजारबढीलार्इ निमन्त्रणा पठाएको र ३५ हजार कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको बताए । शनिबार चियापान कार्यक्रम आयोजना गरिएकाले पनि सहभागीको संख्या बढ्ने श्रेष्ठको अनुमान छ ।

सहभागीताको समय बेग्लाबेग्लै

नेकपाले पार्टीका कार्यकर्तासहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापतिसहित शीर्ष नेताहरु, राजपाका नेतालगायत अन्य दलका नेताहरुलार्इ पनि कार्यक्रममा निम्त्याएको छ । दिउँसो १२ बजेदेखि ५ बजेसम्म चियापान अन्तर्गत दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका नेता—कार्यकर्ता र आम जनसमुदायलाई र दिउँसो ३ बजेदेखि ५ राजनीतिक दलका नेताहरू, मन्त्री तथा सांसदहरू, संवैधानिक अंगका पदाधिकारीहरू, सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सुरक्षा निकायका पदाधिकारीहरू लगायतलाई निमन्त्रणा गरिएको नेकपाले जनाएको छ ।

यसैगरी, नेपालस्थित विदेशी कूटनीतिज्ञ नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सेवानिवृत्त पदाधिकारीहरू, विभिन्न पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वहरू लगायतलाई पनि ३ बजे पछाडि नै आमन्त्रण गरिएको नेकपाले जनाएको छ ।

कार्यक्रममा राजनीतिक दल, सांसद र संवैधानिक अंगका पदाधिकारीलाई दलका उपनेता सुवास नेम्बाङ र सचेतक देव गुरुङले व्यवस्थापन गर्ने कार्यतालिका छ। चियापान कार्यक्रमलाई व्यवस्थित बनाउन सुरक्षाकर्मीसहित युवा संघ र वाइसिएसलका तीन सय स्वयंसेवक परिचालन गरिएको छ ।

चियापानका लागि राष्ट्रिय सभागृह र भृकुटीमण्डपको खाली मैदानमा पार्किङको व्यवस्था गरिएको छ । वर्तमान अवस्थामा राज्यका सबै निकाय, राजनीतिक दल, नागरिक समाज तथा विकासका साझेदारका बीचमा बलियो एकता र आपसी विश्वास अभिवृद्धि गर्नका लागि चियापान गरिएको महासचिव विष्णु पौडेलले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

महासचिव पौडेलले निम्तो नपाएकालाई समेत विज्ञप्तिमार्फत चियापानमा सहभागी हुन आग्रह गरेका छन् । चियापानमा सहभागीलाई नेकपाले समोसा, मिठाई, केरा, चिया, कफी खुवाउने भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।